काठमाडौं । लिम्बु जातिको संस्कार र संस्कृतिमा आधारित पूर्वेली शैलीको गीत ‘युप्पारुङ बाँधेर’को लिरिकल भिडियो सार्वजनिक भएको छ । जेपिजे इन्टरटेनमेन्टको लागि किशोर सुब्बा निर्माता रहेको गीतका रचनाकार विवश वेनाम हुनुहुन्छ भने सुनिता थेगिम र मनि ताम्लिंगले स्वर दिनुभएको छ । यसमा संगीत, एरेञ्ज पनि मनि ताम्लिंगको नै रहेको छ ।
हेल्लो अमेरिका टिम, न्यूयोर्कको प्रस्तुति रहेको लिरिकल भिडियोको सम्पादन ओपेरा इन्टरटेनमेन्टमा भएको हो ।
लिरिकल भिडियो रिलिज सँगसँगै यसको अमेरिकाको न्यूयोर्क वरिपरि छायांकन हुने भएको छ । यो एउटा म्युजिक भिडियोमात्र नभएर लिम्बु जातिको विभिन्न पर्व समेट्नुपर्ने भएकोले छायांकन अवधि अधिक हुने निर्माता किशोर सुब्बाले जानकारी गराउनुभयो ।
नेपालको गाउँले युवती र सपनाको शहर अमेरिका बस्ने युवाबीचको प्रेमिल सम्बन्ध र लिम्बु जातिको कला, संस्कृतिमा आधारित रहने ‘युप्पारुङ बाँधेर’ को गीतको भिडियोको छायांकार सम्राट कार्की, सम्पादन मन्दिल श्रेष्ठ, कोरियोग्राफ गोबिन्द राईको रहनेछ भने परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा स्वयंको रहने छ ।
हालै काठमाडौंमा सम्पन्न दोस्रो ओप्सना फिल्म तथा म्युजिक अवार्ड समारोहमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड आफ्नो पक्षमा पार्न सफल निर्देशक किशोर सुब्बाले ‘मनैत हो, खुकुरी, माटो, भेडीगोठ, किन माया लाएछ, एउटा कथा, खुर्पा, रेश’लगायत तीन दर्जन जति सानो ठूलो र विभिन्न भाषाका चलचित्रहरूको निर्देशन गर्नुभएको छ । निर्देशक सुब्बा धेरै समयपछि कथानक ऐतिहासिक डकुमेन्ट्री चलचित्र ‘तीतेमाछा’ निर्माणको तयारीमा समेत जुटनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच