काठमाडौं । ‘बिटी कान्छा’ को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरि, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई नामांकन गरिएको ‘हरामी’ले सोही बोलको प्रमोसनल गीत सार्वजनिक गरेको हो ।
मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिजको सार्वजनिक गीतमा शब्द, संगीत र गायन साइलाको रहेको छ । संगीत निर्माण समिरन राणाले गर्नुभएको हो ।
‘हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौं । कुल पाँच भागको एपिसोड रहने सिरिजमा फरक-फरक थिममा रहेर एपिसोड तयार गरेका छौं’, बिटी कान्छाले भन्नुभयो । उहाँले हरेक हप्ता चलचित्र क्षेत्रका चर्चित नाम सिरिजमा देखिने जानकारी गराउनुभयो ।
तीन साथीको वरिपरि केन्द्रित रहेको सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशांक बोहरा मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूसँगै सिरिजमा घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारीलगायत कलाकारको अभिनय छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच