काठमाडौं । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् शोभित बस्नेत निर्देशित ‘पीआर’, रञ्जित राना निर्देशित ‘लोकान्ती’ र त्यागमूर्ति निर्देशित ‘चिराग’ ।
चलचित्र पीआरको बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो । सामाखुसीस्थित सिटी स्क्वायर हल (क्यूएफएक्स)मा आयोजित प्रिमियरमा उपस्थित चलचित्रकर्मी, कलाकार तथा पत्रकारहरूले फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका थिए । फिल्मले यथार्थपरक कथा भनेको प्रायःको प्रतिक्रिया थियो ।
शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् शोभित बस्नेत निर्देशित ‘पीआर’, रञ्जित राना निर्देशित ‘लोकान्ती’ र त्यागमूर्ति निर्देशित ‘चिराग’ ।
अभिनेत्री रेखा थापाले चलचित्र राम्रो बनेको र नव-कलाकारहरूको कामले आफूलाई लोभ्याएको बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्षले निर्देशक शोभितको काम र कलाकारको अभिनय असाध्यै राम्रो बनेको प्रतिक्रिया दिनुभयो । उहाँले हरेक नेपालीले यो चलचित्र हेर्न जरुरी रहेकोसमेत धारणा राख्नुभयो ।
अभिनेता सलिनमान बनियाँले चलचित्रका कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गर्नुभयोे । उहाँले नयाँ कलाकार भए तापनि पुरानो जस्तै लागेको सुनाउनुभयो ।
प्रिमियरमा चलचित्रलाई प्राप्त उत्साहजनक प्रतिक्रियाले निर्देशक बस्नेत भावुक देखिनुभएको थियो । उहाँले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, ‘हलभित्र छिर्दा फिल्मका कलाकारलाई कसैले चिनेको थिएन । बाहिर निस्किँदा सबैले अभिनयको तारिफ गर्दै हिरो हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा मेरो लागि त्यो नै सबैभन्दा खुशी र सन्तुष्टिको पल थियो ।’
चलचित्रको प्रिमियरमा दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य (काकु), जयकिशन बस्नेत, सविन श्रेष्ठ, प्रभात पाल, गायिका देविका बन्दनालगायतको उपस्थिति थियो । उहाँहरूले पनि चलचित्रको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसामा गर्नुभएको थियो ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, दिक्पाल कार्कीलगायत अभिनय छ । चलचित्रमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाको संघर्ष, सपना र यथार्थलाई केन्द्रमा राखिएको छ ।
बन्दे प्रसादको सम्पादन रहेको चलचित्रमा गणेश बुढाथोकीको लेखन छ । सौरभ सायमी र सौरभ लामाले चलचित्रको छायांकन गर्नुभएको हो भने वितरण आर आर फिल्मस्ले गर्दैछ ।
यस्तै, आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘लोकन्ती’ले पारिवारिक प्रेमकथामा आधारित सामाजिक संवेदनाहरू उजागर गरेको बताइएको छ । कृशन फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको ‘लोकन्ती’ले परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको मूल केन्द्रमा राखेर पूर्ण पारिवारिक ड्रामाका रूपमा तयार गरिएको निर्देशक रानाको भनाइ छ ।
कलाकारहरूको बलियो उपस्थिति चलचित्रमा एसराज गराच मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । उहाँको साथमा अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री यो चलचित्रको प्रमुख आकर्षण हुने निर्माण टिमले जनाएको छ । त्यसैगरी विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रूपाखेती, गोविन्द प्रभातलगायत कलाकार पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्छ ।
यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले आफ्नो अभिनय यात्राको सुरुवात गर्दै हुनुहुनुहुन्छ । त्यस्तै आजदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘चिराग’ । यसअघि यो चलचित्र मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भनिएको थियो । त्यागमूर्तिको लेखन तथा निर्देशनमा बनेको ‘चिराग’को कथा पहिचान र अस्तित्वको संघर्ष रहेको बताइएको छ ।
चलचित्रमा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेरबहादुर डिसी, सापटी काका (मेरी बास्सै), मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य, सागर खरेल (बालकलाकार)लगायत कलाकारको अभिनय छ ।
चलचित्रका निर्माताहरूमा निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेशप्रसाद भट्ट हुनुहुन्छ । चलचित्रमा निर्देशक त्यागमूर्ति स्वयंको संगीत तथा कोरियोग्राफी रहेको छ भने छायांकन महफूज अंसारी र राहुल राईले गर्नुभएको हो ।
दोस्रो हप्तामा ‘अभिमन्यु’
देशबाहिर ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो छ । सुशान्त गौतमले निर्देशन गरेको चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ ।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहनुभएको छ भने लाइन प्रोड्युसरमा जीवन शाक्य रहनुभएको छ ।
‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुनुहुन्छ भने मुकेश खनालको लेखन छ । शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच