काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै बुधबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः पदवहाली गर्नुभएका हितेन्द्रदेव शाक्यले बिहीबार ऊर्जामन्त्री कुलमान घिसिङसँग भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा उहाँले यसअघि पनि मिलेर काम गरेकाले कुनै समस्या नहुने भन्दै मन्त्रीको निर्देशनअनुसार नै काम गर्ने बताउनुभएको थियो । मन्त्री घिसिङले भने आफूलाई रिजल्ट चाहिने भन्दै सोहीअनुसार काम गर्न र अदालतको परमादेशको घमण्ड नदेखाउन चेतावनी दिएको स्रोतले बताएको छ ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार सुरुमा आफूले सहमतिमै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको भन्दै अदालत गएको, फर्किएको कुरा मन्त्री घिसिङ निकाल्नुभएको थियो । उहाँले शाक्यलाई ‘कामको परिणाम दिने’ शर्तमा आफू सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । मन्त्री घिसिङले प्राधिकरणमा थुप्रै समस्या रहेको उल्लेख गर्दै तिनको समाधानका लागि सल्लाह र समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।
डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल बक्यौताको विवाद समाधानका लागि शाक्यले प्रयास गर्नुभएको थियो । उहाँले शाक्यले प्राधिकरणको कानुनअनुसार प्रशासकीय पुनरवलोकन गठन गरी समस्या समाधानको कानुनी बाटो अघि बढाए पनि सम्बद्ध सबै उद्योगीले प्रशासकीय पुनरवलोकनमा आवेदन दिएका थिए तर उक्त विषयलाई प्रतिष्ठाको विषय बनाउँदै आउनुभएका घिसिङले ऊर्जामन्त्रीको पदबहाल ग्रहण गर्दै प्रशासकीय पुनरवलोकन खारेज गर्ने र डेडिकेटड ट्रंक लाइनको प्रिमियम बक्यौता जसरी भए पनि उठाउने निर्णय गर्नुभएको थियो । सोही निर्णय कार्यान्वयनका लागि मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच