काठमाडौैं । नेपाल र भियतनामबीच दौंत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा दुर्ई देशका व्यवसायीबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोईमा भियतनामी चेम्बर अफ कमर्स इण्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरूले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटीजस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्य अगाडि बढाउन आग्रह गर्नुभयो । दुई देशबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उहाँले अब आर्थिक सहकार्र्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘दुर्ई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु । नेपालमा हस्तकला, चिया, कफी, जडीबुटीजस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’ दुर्ई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने उहाँको भनाइ थियो । भियतनाममा कृषि उत्पादन, सी फुड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानुन पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ ।’
नेपालमा पर्यटन क्षेत्रमा विशेषगरी होटल, रिसोर्ट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरूमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरूले स्वागत गर्न चाहेको बताउनुभयो ।
उहाँले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यावसायिक वातावरण प्रत्यक्ष अवलोकनका लागि पनि निम्तोसमेत दिनुभयो ।
भियतनामी चेम्बर अफ कमर्स इण्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरू पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको उल्लेख गर्दै महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । दुर्ई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेकाले आर्थिक साझेदारीलाई थप मजबुत बनाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष भिनले भन्नुभयो, ‘दुर्ई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ ।’
सो अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको थियो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको अवसरमा दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावनाको सदुपयोगमा उहाँको जोड थियो । पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ-नयाँ चुनौती देखिएको भन्दै राजदूत ओलीले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिन सक्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच