आफ्नो नाभीभित्र रहेको कस्तुरीको पहिचान गर्न नसकी त्यसको सुवासको खोजीमा वन-जंगलमा उफ्रिरहने मृग जस्तै नेपालीहरू पनि आफ्नो धर्म संस्कृति, सभ्यता र गौरवशाली इतिहासको पहिचान नगरी विदेशीहरूद्वारा प्रतिपादित राजनीतिक सिद्धान्तको पछाडि लागेर आफ्नै विनाश गरिरहेका छन् । कहिले मार्क्सवाद-लेलिनवाद तथा कहिले माओवादको नाममा यहाँ निर्दोष नागरिकको हत्या गरियो र अर्बाैं-खर्बाैंको भौतिक क्षति नेपालले व्यहोर्नु पर्यो । नेकपा एमालेले झापा–आन्दोलनको औचित्यलाई पुष्टि गर्न नसकी यसलाई गलत कृत्य स्वीकार गरिसकेको छ । माओवादीको एक दशक लामो सशस्त्र संघर्षको औचित्यलाई पनि पुष्टि गर्न नसकेपछि नेकपा माओदीका नेताहरू आलो-पालो गरी माओवादी पार्टी परित्याग गरिसकेका छन् ।
नेपालमा त के पनि गजब भएको छ भने बिना-सोच विचार यहाँ ‘मुस्लिम जेन-जी’ को पनि स्थापना भएको छ । प्यालेस्टाइनीहरूको समर्थन र प्यालेष्टाइनका भू-भागको रक्षामा विश्वभरिका मुसलमानहरू एकजुट भएर उभिएका हुन्छन् तर यहाँनिर यहुदीहरूको राष्ट्रवादी आन्दोलनप्रति भारत र पाकिस्तानका मुसलमान नेताहरू पनि आफ्नो सरकारविरोधको नाममा जेन-जी आन्दोलनको पक्षमा उभिन पुगेका छन् ।
नेकपा माओवादी केन्द्रले त माओवादी शब्दलाई नै तिलाञ्जलि दिइसकेका छन् । अब त प्रचण्डले पनि आफ्नो पार्टीको नाम नेकपा राखेका छन् । भदौ महिनामा उल्कापात झैँ चम्किएर आएको जेन-जी आन्दोलनको औचित्यको पनि पुष्टि हुनसक्ने आधार देखिँदैन । जेन-जी आन्दोलनको सफलता र असफलताको समीक्षाभन्दा पनि बढी नेपालमा यसको सान्दर्भिकता के हो भन्ने बारे विचार गर्नु आवश्यक भएको छ । अमेरिका र युरोपमा बसेका नेपाली युवाहरूले जेन-जी आन्दोलनको सुरुआत गरे र अहिले पनि यसको पक्षमा उभिएका छन् । जेन-जीको नाममा च्याउ झैँ संगठनहरू पनि खुलिरहेका छन् । अब त देशका ठूला राजनीतिक दलहरू पनि आफूलाई जेन-जी आन्दोलनको समर्थक र समाधानकर्ता नै भएको दाबी गरिरहेका छन् ।
लोकतन्त्र र धर्मनिरपेक्षताको आवरणमा नेपाललाई विदेशीहरूको क्रीडा भूमि बनाउने खेल विगत लामो समयदेखि भइआएको छ । विदेशी गैरसरकारी संस्थाहरू इसाई अथवा इस्लाम समर्थक केवल आफ्नो धर्मको प्रचारप्रसारमा यहाँ संलग्न छन् । नेपालस्थित कतिपय विदेशी राजदूतावासहरू पनि इसाई र इश्लाम धर्मको प्रचार प्रसारमा लागेका छन् । जेन-जी आन्दोलनमा उठेका केही मुद्दा हामी नेपालीहरूको सरोकारका र ज्वलन्त विषय अवश्य छन् । खास गरिकन भ्रष्टाचारमाथि रोक र सुशासनको स्थापना अनि राजनीतिबाट परिवारवादको अन्त्यलाई महत्वपूर्ण राजनीतिक मुद्दा मान्नै पर्छ । जेन-जी आन्दोलनको परिकल्पना नै पश्चिमाहरूको, अमेरिका र इजरायलको हो । इजरायलले यहुदी धर्म संस्कृतिको रक्षा आफ्नो राष्ट्रियतालाई बलियो उद्देश्यले युवाहरूको अघि सारेको यो आन्दोलन हो ।
जेन-जी शब्दको अर्थ हो ‘जेनेरेसन जियोनिष्ट’, यहाँ जेनेरेसन भन्नाले पुस्ता र जियोनिष्ट भन्नाले जियोनिज्महरूको समूह भन्ने अर्थ राख्छ । जियोनिज्म एउटा राजनीति तथा अन्तर्राष्ट्रिय आन्दोलन हो जसले इजरायललाई यहुदीहरूको स्वतन्त्र र स्वायत्त राज्यको रूपमा स्थापना गर्ने लक्ष्य राखेको छ । उसले प्यालेस्टाइनलाई आफ्नो प्राचीन भूमि भएको दाबी गर्छ । प्यालेस्टाइनले आफ्नो भूमि खोसेर अतिक्रमण गरेको भन्दै प्यालेस्टाइनविरुद्ध युद्धको राणनीति तयार पर्छ । ‘जियोन’ यहुदी धर्ममा यरुशेलम र इजरायल भूमिलाई भएको पीडा र उत्पीडनबाट मुक्ति दिने लक्ष्यमा सांगठनिक रूपमा काम गर्न यहुदीलाई आह्वान गर्दछ । यस आन्दोलनले यहुदी संस्कृति, भाषा (हिब्रु) र पहिचानको पुनरुत्थानलाई जोड दिँदै आएको छ ।
यहुदीहरूको जियोनिज्मको अवधारणामा सांगठनिक रूपमा लाग्ने १२ देखि २८ वर्ष उमेर समूह नै जियोनिष्ट हुन् । नेपालमा त के पनि गजब भएको छ भने बिना-सोच विचार यहाँ ‘मुस्लिम जेन-जी’ को पनि स्थापना भएको छ । प्यालेस्टाइनीहरूको समर्थन र प्यालेष्टाइनका भू-भागको रक्षामा विश्वभरिका मुसलमान एकजुट भएर उभिएका हुन्छन् तर यहाँनिर यहुदीहरूको राष्ट्रवादी आन्दोलनप्रति भारत र पाकिस्तानका मुसलमान नेताहरू पनि आफ्नो सरकार विरोधको नाममा जेन-जी आन्दोलनको पक्षमा उभिन पुगेका छन् ।
जियोनिज्मको आधार १८९७ को पहिलो जियोनिष्ट कांग्रेसमा घोषित ‘बासेल कार्यक्रम’हो जसले प्यालेष्टाइनमा यहुदी राष्ट्रिय घरको स्थापनाको लक्ष्य बनाएको थियो । जियोनिज्मलाई मुख्य रुपमा एक यहुदीवादी आन्दोलनको रूपमा बुझिन्छ, जसले इजरायललाई यहुदीहरूको एउटा छुटै राष्ट्रको रूपमा एकीकृत गर्न र प्यालेष्टाइनमा आत्मनिर्णयको अधिकार दिने उद्देश्यमा प्रेरित छ । यसको मुख्य उद्देश्य भनेको प्यालेष्टाइनमा सार्वजनिक कानुनद्वारा सुरक्षित एक यहुदी राष्ट्रिय घरको निर्माण गर्नु अथवा यहुदी राज्यको स्थापना गर्नु हो । यो उद्देश्य सन् १८९७ को बासेल कांग्रेसमा औपचारिक रुपमा पारित भएको थियो, जसले जियोनिज्मलाई राजनीतिक आन्दोलन बनायो । डायस्पोरा (विभिन्न ठाउँमा छरिएर बसेका)बाट यहुदीहरूलाई प्यालेष्टाइनमा ल्याउने र कृषि बस्तीमार्फत तिनीहरूलाई आत्मनिर्भर बनाउने नीति अपनाइयो ।
१९औं शताब्दीको अन्त्यमा रुसी प्रोग्रेन्स (यहुदी-विरोधी दंगाहरू) पछि यो प्रक्रिया तीव्र गयो । यहुदी संस्कृति, हिब्रु भाषा र यहुदी धार्मिक लगावको पुनःस्थापना । यो धार्मिक जियोनिज्मको मुख्य पक्ष हो जसले प्राचीन यहुदी इतिहाससँग जोड्छ । यहुदी संस्कृति, हिब्रु भाषा र यहुदी धार्मिक लगावको पुनःस्थापनाका लागि यसले धार्मिक एवं सांस्कृतिक पुनरुत्थान आन्दोलन चलायो । यसको मुख्य उद्देश्य भनेको प्राचीन यहुदी इतिहाससँग जोडिनु थियो ।
जियोनिज्मका मुख्य अवधारणाहरूमा राजनीतिक जियोनिज्म (राज्य निर्माणमा जोड, थियोडोर हर्जलद्वारा नेतृत्व), श्रम नियोजन (सामाजिकतावादी बस्ती) सांस्कृतिक जियोनिज्म (यहुदी सांस्कृतिकको पुनरुत्थान र धार्मिक जियोनिज्म (धार्मिक आधारमा) प्रमुख रूपमा छन् । यसले यहुदीहरूलाई युरोपेली-यहुदीविरोधी भावना (एनटीसेमिटिज्म)बाट बचाउने लक्ष्य राख्छ तर यसको कार्यले इजरायल-प्यालेष्टाइन द्वन्द्वलाई पनि जन्म दियो । जियोनिज्मले यहुदीहरूलाई ‘नयाँ यहुदी’ (बलियो र स्वतन्त्र) बनाउने दृष्टिकोणलाई प्रोत्साहन दियो ।
जियोनिज्मको जडो प्राचीन यहुदी इतिहाससँग छ, जहाँ यहुदीहरूले इजरायल भूमिलाई पवित्र मान्थे तर आधुनिक जियोनिज्म १९औं शताब्दीको युरोपमा विकसित भयो, जब यहुदीहरूले बढ्दो ‘एन्टिसेमिटिज्म’ को सामना गरे । अघिल्ला दशकहरू (१८८० को दशक) रूसी प्रोग्रोम्सपछि जियोन समर्थक समूहले प्यालेष्टाइनमा बस्तीहरू स्थापना गर्न थाले । लियो पिन्स्करको १८८२ को पुस्तक ‘आत्ममुक्ति’ले यहुदी राज्यको आवश्यकता औंल्यायो ।
थियोडोरको पुस्तक ‘द ज्युइस स्टेट’ले यसलाई राजनीतिक रुप दियो । हर्जलले युरोपमा यहुदी एकीकरण असम्भव ठानेर प्यालेष्टाइनमा राज्यको कल्पना गरे । सन् १८९७ मा स्वीटजरल्याण्डको बासेलमा सम्पन्न पहिलो जियोनिज्म कांग्रेसले विश्व जियोनिष्ट संगठनको स्थापना ग¥यो । हर्जलले यसलाई जियोनिज्मको ‘म्यानिफेष्टो’ भने । १९१७ मा ब्रिटिस विदेश मन्त्री आर्थर बालफोरले यहुदी राष्ट्रिय घरलाई समर्थन गर्ने पत्र लेखे, जसले जियोनिज्मलाई अन्तर्राष्ट्रिय मान्यता दियो, यो १९२२ को लागि अफ नेशन्स म्यान्डेटमा समावेश भयो । १९३९-१९४५ को अवधिमा भएको ‘होलोकास्ट’ ६० लाख यहुदीहरूको हत्याले जियोनिज्मलाई गति दियो, यसले यहुदी राज्यको आवश्यकता उजागर गर्यो ।
नेपालमा भएको जेन-जी आन्दोलनको न त एउटा सर्वसम्मत नेतृत्व छ, न त प्रष्ट विचारधारा न त गन्तव्य नै स्पष्ट छ, न त मार्ग नै यकिन छ ? प्रदेससभा र प्रतिनिधिसभाको उम्मेदवार बन्न उमेर नै २५ वर्ष राखिएको छ, जबकि २८ वर्ष सम्मका लागि मात्रै जेन-जी मानिएको छ ।
सन् १९४७ मा संयुक्त राष्ट्रसंघले तयार पारेको विभाजन योजना १८१ ले प्यालेष्टाइनलाई यहुदी र अरब राज्यमा विभाजन प्रस्ताव गर्यो, जसमा यहुदी राज्यलाई ५६ प्रतिशत भूमि दिइयो । २९ नोभेम्बर १९४७ मा ३३-१३ मतले पारित भयो । १९४८ को १४ मेमा डेबिड बेन गुरियनले इजयरायलको स्वतन्त्रता घोषणा गरे । इजरायल स्थापनापछि जियोनिज्मले आप्रवासन र राज्य निर्माणमा जोड दियो तर अरब इजरायल द्वन्द्वले यसलाई विवादास्पद बनायो । आजको जियोनिष्ट आन्दोलन इजरायलको समर्थन र यहुदी पहिचानसँग जोडिएको छ र अन्तर्राष्ट्रियस्तरमा आफ्ना समर्थकहरूको सरकार बनाउन प्रयासरत छ ।
हालै, इजरायलले भारतमा रहेका आफ्ना केही नागरिकहरूलाई पनि इजरायल लगेको छ । अहिले पनि विश्वका कुनै भू-भागमा रहेका यहुदीहरूलाई इजरायल आफ्नो देशमा लगिरहेको छ । यदि जियोनिज्मका परिकल्पनाकार तथा संस्थापक थियोडोर हर्जल हुन् भने हालका मुख्य प्रायोजक प्रयादक एयलन लेभी हुन् । नेपालमा भएको जेन-जी आन्दोलनको न त एउटा सर्वसम्मत नेतृत्व छ, न त प्रष्ट विचारधारा न त गन्तव्य नै स्पष्ट छ, न त मार्ग नै यकिन छ ? प्रदेससभा र प्रतिनिधिसभाको उम्मेदवार बन्न उमेर नै २५ वर्ष राखिएको छ, जबकि २८ वर्षसम्मका लागि मात्रै जेन-जी मानिएको छ ।
अमेरिका र युरोपमा बस्ने नेपाली युवाहरूले आन्दोलन त चलाए तर यसबारे गहिरो अध्ययन गरेका रहेनछन् । संविधानको मूल्य, मान्यता र राज्यको स्थापित कार्य पद्धति विपरीत जथाभावी काम गराउने सोचले देशलाई झन् अस्थिरता र अराजकताको बाटोमा डोर्याउने छ । भोलि जेन-जीको नाममा धार्मिक र जातीय द्वन्द्व सुरु भयो अथवा स्वायत्तताकै माग तीब्र हुन लाग्यो भने यसको कुनै समाधान जेन-जीका अभियन्ताहरूसित छ त ? पक्कै पनि छैन ।
इजरायल सरकारका पूर्वप्रवक्ता लेभीले सन् २०२३ को अक्टोबर ७ को हमलापछि अन्तर्राष्ट्रिय सञ्चारमा इजरायलको पक्ष राखे । लेभी ‘स्टेट अफ ए नेसन’ पोडकाष्ट सञ्चालन गर्छन् र इजरायली सिटिजन स्पोक्सपर्सन अफिसका सह-संस्थापक हुन् । उनले जियोनिज्मलाई प्रचार गर्न मिडियामा योगदान दिएका छन् । जियोनिज्मलाई डिजिटल युगमा खासगरिकन युवा पुस्तामा पुर्याउने कार्य लेभीको हो । जियोनिज्मको स्थापनामा हर्जलले मुख्य भूमिकाको निर्वाह गरे भने यसको प्रचारप्रसारमा लेभीको भूमिका महत्वपूर्ण हो । लेभी आधुनिक चुनौतीहरू र सोसल मिडियालाई सम्बोधान गर्छन् । जेनरेसन जेड अर्थात् जेनरेसन जियोनिस्टको परिकल्पना, नीति र कार्यक्रम जेनरेशन जेड (जेन जेड, १९९७-२०१२) जन्मिएका) मा जियोनिज्मप्रतिको दृष्टिकोण मिश्रित छ ।
युवा अमेरिकीहरूमा इजरायलप्रति कम सहानुभूति छ, जसलाई सोसल मिडिया र शिक्षाले प्रभावित गरेको छ । एचलन लेभीले ‘जेनरेसन जियोनिष्ट’को परिकल्पना प्रस्तुत गरेका छन्, जसलाई सन् २०२४ को हिलेल इन्टरनेसनल इजरायल समिटमा वर्णन गर्ने लक्ष्य उनले राखे, जसले गर्दा यहुदी गर्व, इजरायल समर्थन र यहुदीविरोधीसँग लड्ने साहसलाई जोड दिने रणनीति बनाइयो । जेनजेडलाई विजयी पुस्ता बनाउने लक्ष्य राखिएको छ । पोडकास्टको उपयोग पनि यस कार्यको निम्ति लेभीले गरिरहेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच