ललितपुर । ललितपुर स्पोट्र्स क्लबद्वारा आयोजित ८औँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ । ललितपुर क्यास्पियन कलेजमा पाँच दिन चलेको सात चरणको प्रतिस्पर्धामा दोलखा चेस होम्सले ६ जित र एक हारसहित १२ अंक र २० प्रोग्रेसिभ प्वाइन्ट जोडी च्याम्पियन बनेको हो ।
दोलखाकै अर्को टिम, दोलखा जिल्ला संघ, पाँच जित र दुई बराबरीसहित १२ अंक र १९.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भयो । उत्कृष्ट प्रदर्शन गर्दै आएको ललितपुर महालक्ष्मी नगरपालिका टिम चार जित, दुई बराबरी र एक हारसहित १० अंक ल्याएर तेस्रो स्थानमा रह्यो । ललितपुर महानगरपालिका टिम चार जित, एक बराबरी र दुई हारसहित नौ अंक र १७ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो भयो ।
गत संस्करणको विजेता थापाथली चेस पार्कले नौ अंक र १६.५ प्रोग्रेसिभ प्वाइन्टसहित पाँचौं स्थानमा सीमित रह्यो । बुटवल उपमहानगरपालिका टिमले आठ अंक र १७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा छैटौं तथा मध्यपुर ठिमी नगर चेस संघले आठ अंक र १५.५ प्रोग्रेसिभ प्वाइन्टसहित सातौं स्थान हात पार्यो । व्यक्तिगततर्फ महालक्ष्मी नगरपालिकाका क्षितिज भण्डारी, सुरोज महर्जन र कमल श्रेष्ठ, दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईं तथा मध्यपुर ठिमीका अभिक शाह उत्कृष्ट घोषित हुनुभयो ।
विजेता चार टिमले क्रमशः दुई लाख, एक लाख, ६० हजार र ४० हजार नगदसहित स्वर्ण, रजत र कास्य पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । व्यक्तिगत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाए । समापन समारोहमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्दै बुद्धिचाल खेलको प्रवद्र्धनमा महानगरले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच