काठमाडाैं । नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गर्दै आज दिउँसो सचिवालय बैठक बाेलाएकाे छ । च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे सुरु हुने बैठकमा प्रतिनिधि मनोनयनदेखि लिएर विधान संशोधन प्रस्तावसम्मका मुख्य मुद्दामा छलफल हुने भएको छ।
बैठकको एजेन्डामा महाधिवेशन सञ्चालनको मोडालिटी, कार्यविधि र समग्र तयारीसम्बन्धी विवरण प्रमुख रहने नेतृत्वले बताएको छ। यससँगै केन्द्रीय कमिटी, स्थायी समिति तथा पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव पनि सचिवालयमा पेस हुने तयारी छ।
तर यो प्रस्तावभित्र एक मत भने देखिएको छैन। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले विगतको महाधिवेशनले गरेकै संरचना कायम राख्नुपर्ने भन्दै सङ्ख्या बढाउने पहल प्रति असहमति जनाउँदै आएको छ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा औपचारिक उद्घाटन हुँदैछ। त्यसअघि हुने आजको सचिवालय बैठकलाई संगठनभित्र निकै महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच