काठमाडाैं । एफसी बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले बिहीवार क्लव अध्यक्ष जोन लापोर्टा र खेलकुद निर्देशक डेकोसँगको एक समारोहमा क्लव कार्यालयहरूमा जुन २०३१ को अन्त्यसम्म क्याम्प नोउ स्टेडियममा रहने नयाँ सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
यो सम्झौताको अर्थ २०२१ को गर्मीमा म्यानचेस्टर सिटीबाट क्लवमा फर्किएका गार्सियासँग फरवार्ड लामिन यामाल र साथी डिफेन्डर रोनाल्ड अराउजोको जत्तिकै लामो सम्झौता छ । गार्सियाको बार्सिलोनामा पुनरागमन कठिन रह्यो र दुई वर्षको लागि पहिलो टोलीको किनारमा थियो ।
२०२३–२०२४ अभियानको लागि गिरोनालाई पनि ऋणमा पठाइएको थियो । यद्यपि २०२४ मा बार्सिलोना प्रशिक्षकको रूपमा हान्सी फ्लिकको आगमनले गार्सियाको करियर परिवर्तन ग-यो ।
फ्लिकले उनलाई राइट ब्याक र सेन्ट्रल डिफेन्स जस्ता विभिन्न भुमिकाहरूमा प्रयोग गरे, जसले गर्दा उनले गत सिजन ४५ पटक र हालको अभियानको पहिलो चार महिनामा २१ पटक खेल्न पाए । हस्ताक्षर समारोहमा गार्सियाले नयाँ सम्झौताबाट आफू धेरै खुशी भएको बताउनु भयो ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच