काठमाडाैं । काठमाडाैं उपत्यकाका नदीहरूमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै कठिनाइ भइरहेको छ। यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ।
प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुबै छोपिएका छन्। कहिलेकाहीँ नदीको किनार वा फोहोरबीच कुकुर, चराहरू, गाईभैँसीजस्ता जनावरहरू पनि देखिन्छन्, जसले समस्या कति जटिल बन्दै गएको छ भन्ने संकेत दिन्छ।
प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ, जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्याइरहेको छ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच