रोल्पा । रोल्पामा ६ करोड रुपैयाँको बजेटमा निर्माण भएको एक गाउँपालिकाको प्रशासकिय भवनमा सीसी क्यामेरा नहुँदा जोखिम बढेको छ । गाउँपालिकाको भवन निर्माण ६ करोड २० लाख ७८ हजार ५ सय ५ रुपैयाँ बजेटमा निर्माण भएको हो ।
रोल्पाको सुनिल स्मृति गाउँपालिकाको प्रशासकिय भवन निर्माण भएर संचालनमा आएको करिब तीन महिना बितिसक्दा पनि कार्यालयमा सिसि क्यामेरा जडान नभएको स्थानीयहरुले बताउनुभएको छ ।
पछिल्लो समय सरकारी, गैरसरकारी तथा निजि कार्यालयहरुमा सिसि क्यामेरा जडान गर्ने कार्य प्रायः अनिवार्य जस्तै बनेको भए पनि उक्त गाउँपालिकाको कार्यालयमा भने सिसि क्यामेरा जडान भएको छैन ।
सरकारी कार्यालय र कार्यालय भित्र रहेका विभिन्न विषयगत शाखाहरुमा सिसि क्यामेरा जडान नहुँदा कार्यालयबाट दैनिक रूपमा हुने सार्वजनिक सेवा प्रवाह के कसरी भएको छ भन्ने बारेमा कार्यालय प्रमुखलाई समेत जानकार नहुने र नियमन तथा अनुगमन गर्न नै दिनभरको समय लाग्ने देखिन्छ ।
विषयगत शाखा तथा कार्य कक्षहरुमा सिसि क्यामेरा नहुँदा केही कर्मचारीहरु समयमा कार्यालयमा नआउने र नभेटिने जस्ता समस्या भएको सेवाग्राहिहरुको गुनासो रहेको छ। सेवाग्राहिहरुका अनुसार कार्यालयका धेरै जसो विषयगत शाखा र विभिन्न कार्य कक्षहरुमा कार्य कक्ष भित्रै कार्यालय प्रमुख र शाखा प्रमुखहरुका गोप्य कोठाहरु बनेका छ्न र उनिहरुले गोप्य कोठा बाट सार्बजनिक सेवा प्रबाह गर्दै आएका छन् ।
यसरी गोप्य कोठाहरुबाट प्रबाह हुने सार्वजनिक सेवाहरु पार्दर्शिता , निस्पक्ष र जबाफदेहि हुनेमा सेवाग्राहिहरुको आसंका रहेको छ। सेवाग्राहिहरुका अनुसार कार्यालयका सबै कार्य कक्षहरुमा सिसि क्यामेरा जडान गर्दा कार्यालय र कर्मचारीहरुका केही गोप्य कुराहरु पनि रेकर्ड हुने भएकाले पनि कार्यालयले सिसि क्यामेरा जडान गर्न तर्फ चासो नदेखाएको बताएका छन् ।
यता कार्यालयका प्रमुख प्रशासकिय अधिकृत नगेन्द्र प्रसाद रिजालले भने कार्यालय नयाँ भएको हुँदा कार्यालय ब्यबस्थापन हुने काम भैरहेको र सिसि क्यामेरा पनि छिट्टै नै जडान हुने बताउनु भयाे । कार्यालय प्रमुख रिजालका अनुसार पालिकाको भवनको बाहिरी केही भागमा सिसि क्यामेरा राख्ने कार्य भैरहेको र भित्री कार्य कक्षहरुमा पनि जडान गरिने बताउनु भयो ।
संघीय सरकार र गाउँपालिकाको साझेदारीमा ६ करोड २० लाख ७८ हजार ५ सय ५ रुपैयाँमा निर्माण भएको प्रशासकिय भवनमा करिब ४० वटा कोठाहरु रहेको कार्यालयले बताएको छ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…