झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी प्रदर्शनले स्थापित गरेको सुशासनको संकल्प र अठोट आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नु पर्नेमा जोड दिनु भएको छ । मंसिर २४ गते सरकार र जेनजीबीच भएको सहमतिको स्वागत गर्नु भएको छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले भन्नुभयो, "विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ । मुलत : जेनजी प्रदर्शनले स्थापित गरेको "सुशासनको संकल्प र अठोट "आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्दछ ।"
उहाँले राजनीतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथि हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न नसकेको टिप्पणी गर्नुभयो । भन्नुभयो," त्यसो गरेर भोलिका लागि भरपर्दो वातावरण बनाउन सरकार चुक्नु हुँदैन थियो ।" उहाँले दलहरूलाई साथमा र विश्वासमा राख्न नसकेकोमा असन्तुष्टि जनाउनु भएको छ ।
महामन्त्री शर्माले सो सहमतिको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले गम्भीरता राख्न जरुरी भएको आवश्यकता औँल्याउनु भएको छ l " सहमति कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ गतेको मिति बाधक बन्नुहुन्न" उहाँले भन्नुभयो," हामी सबै त्यो मितिप्रतिप्रतिबद्ध छौं l तर मुल प्रश्न समाधान र संविधान हो। "
महामन्त्री शर्माले जेनजी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा गर्नु परे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्न तयार हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, " सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।" महामन्त्री शर्माले जेनजीको अपनत्व र हिमाली क्षेत्रको मौसम प्रतिकुलतालाई ध्यानमा राख्न सुझाउनु भएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच