पाल्पा । जिल्लाको निस्दी गाउँपालिका –४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज विहान निस्दीको मित्यालीस्थत अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तीनै जनाको आफन्त सम्पर्कमा नआएकाले पहिचान हुन सकेको छैन ।
दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशीक अस्पताल डण्डा पूर्वी नवलपरासी पठाइएको छ ।
जिप ६ सय मिटर तला खोल्सामा खसेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच