काठमाडौं । नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ ।
नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो । सेनामा रिक्त रहेका प्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ ।
खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ । प्रासुको ४ हजार, प्राजम र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्राअम र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ ।
मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७-०९-२६ गते देखि मिति २०६४-०९-२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच