बर्दिया । तल्लो बाटो अमेरिका पुरयाइदिने भन्दै लाखौ रुपैया लगेर महाविर चौधरीले नदिएपछि आफनो रकम फिर्ता माग्दा निरज चौधरीले आफनो ज्यान गुमाउनु परेको छ ।
आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका – ४मा रहेको ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’मा निरज चौधरीको हत्या भएको थियो ।आफु अमेरिकाको ग्रीन कार्ड होल्डर भन्दै तिमिलाई जसरी पनि अमेरिका पठाउछु भन्दै रकम लिएका महाविर चौधरीले रकम लिएको भन्ने विषयमा अन्यत्र हल्ला गर्दै किन हिडेको भन्दै गाली गलौज समेत गरेका थिए ।
आफैले सन्चालन गरेको राजापुर नगरपालिका – ४ मा रहेको ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’मा उनले निरजलाई पेस्तोल निकालेर घाटिमा हानेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गोली हानेपछि रेष्टुरेन्टमा रहेका आफना सहयोगीलाई महाविरले घाइतेलाई एम्बुलेन्समा हालेर नपालगञ्ज लैजान भन्दै आफु पनि आउछु भन्दै भागेका थिए ।दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय निरज चौधरीको नाता पर्ने र सोही वडाकै तुलसीपुर – ६ का ५१ वर्षीय महावीरले मंसिर २० गते बिहान आफ्नै रेष्टुरेन्टभित्रै गोली हानेर हत्या गरेका थिए। महावीरलाई प्रहरीले बिहीबार बिहान ३ बजेतिर कैलालीको कैलारी गाउँपालिका – २ स्थित एक खाली घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो।
लुम्बिनीका पुर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लगानी रहको कुखुरा पोल्ट्री फर्म नजिकैको स्थानमा महाविरले ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’ संचालन गर्दै आएका थिए ।
निरजको हत्या गर्ने महाविर चौधरी लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको साइँला भाई भएको बताइएको छ ।महाविर चौधरीका श्रीमती र सन्तान सबै अमेरिकामै छन्। उनी भने नेपाल आउजाउ गरिरहन्थे। त्यही भएर उनले विगतमा तल्लो बाटो सजिलै अमेरिका छिराइदिने आश्वासन दिएर धेरै मानिसहरूसँग रकम असुलेको खुल्न आएको प्रहरी बताउँछ। बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार उनको विगतको कार्य पनि खोजतलास भैरहेको बताउनु भयो । सो घटना ढाकछोप कार्य गर्नमा सहयोग गर्ने अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच