काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने हुनु भएकाे छ। २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेलाई यसपटक पार्टीले सिफारिस सूचीमा समेत समावेश गरेको छैन।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने सोचका कारण उम्मेदवारी नदिने निर्णय गरेको बताउनु भयाे ।
‘सांसद र मन्त्री भइसकेँ, अब नयाँ पुस्तालाई अवसर दिने समय आएको छ,’ पाण्डेले अनलाइनखबरसँग भने। आगामी दिनमा आफू पार्टी सुदृढीकरण र संगठन सक्रियतामा केन्द्रित हुने उहाँले स्पष्ट पार्नुभयाे ।
पाण्डेले प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा-कुनै पनि तहको उम्मेदवार बन्ने इच्छा नभएको बताउनु भयाे। जेनजी आन्दोलनको समयमा उहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा मन्त्री हुनु भएकाे थियाे। त्यसबेला आन्दोलनरत युवाहरूका माग समयमै सम्बोधन हुन नसकेको अनुभव रहेको उहाँले स्वीकार गर्नुभयाे प्रत्यक्ष भूमिका नभए पनि मन्त्रिपरिषद्को सदस्यका हैसियतले नैतिक जिम्मेवारी लिन आफू तैयार रहेको समेत बताउनु भयाे ।
उहाँका भन्नुभएकाे छ, ‘यसपटक निर्वाचन प्रतिस्पर्धामा नजाने निर्णय उचित ठानेको छु। अब पार्टीलाई वैचारिक रूपमा मजबुत बनाउँदै संगठन सक्रियतामा लाग्नेछु।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच