काठमाडौं । यही मंसिर २७ गते एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र कार्यक्रम हुने भक्तपुरको सल्लाघारी ग्राउण्डमा तयारी धमाधम चलिरहेको छ ।
पार्टीले आज उद्घाटन स्थलमै पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको छ ।

महाधिवेशन उद्घाटन समारोहमा करिब ३ लाख सहभागी हुने दाबी गरिएको छ।
पत्रकार सम्मेलनमा जनपरिचालन समितिका संयोजक राजन भट्टराईले एमालेले ५ लाखसम्म सहभागी उतार्ने अनुमान गरिरहेको उल्लेख गर्दै, कम्तीमा ३ लाखको उपस्थितिलाई सुनिश्चित गरिने बताउनु भयाे ।

भट्टराईले यो समारोहले ‘राजनीतिक दलप्रति जनताको समर्थन छैन’ भन्ने आरोपको स्पष्ट जवाफ दिने पनि दाबी गर्नुभयाे ।
उहाँका अनुसार पश्चिमतिरबाट आउने सहभागीहरूलाई गठ्ठाघरसम्म गाडीमा ल्याइने र त्यहाँबाट जुलुससहित उद्घाटनस्थलसम्म पुग्ने व्यवस्था मिलाइएको छ। पूर्वतर्फबाट आउनेहरू भने जगतेसम्म सवारीसाधनमा आउँदै, त्यसपछि जुलुससहित पश्चिमतर्फ जाली स्थलमा प्रवेश गर्नेछन्।

यसैबीच, मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले कार्यक्रमका लागि नेपालमै अहिलेसम्म नबनेको विशाल मञ्च निर्माण गरिएको जानकारी दिनुभयाे। उहाँका अनुसार मञ्चको ध्वनि प्राविधिक तयारी यति सशक्त छ कि ३ किलोमिटर परसम्म सहजै सुन्न सकिने गरी साउण्ड सिस्टम स्थापना गरिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच