रोल्पा । रोल्पामा शुक्रबार बिहान भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहान करिब ९ बजेतिर सुनिल स्मृति गाउँपालिका–३ स्थित रोहवाङ–सुलिचौर सडकखण्डको ‘साउने खोला’ भन्ने स्थानमा दुर्घटना भएको हो।
रा १ ह ३३५८ नम्बरको अटो अचानक सडकबाट करिब १५० मिटर तल खसेपछि चालक ५४ वर्षीय रेगबहादुर बिष्ट गम्भीर घाइते भए। उपचारका लागि सुलिचौरतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
अटो गाउँबाट सुलिचौर बजारतर्फ जाँदै गरेको बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच