काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिका–६ की जसोधा कुमारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घुस/रिसवतसम्बन्धी मुद्दामा विशेष अदालतमा उनीले प्रतिकूल बकपत्र गरेको ठहर भएपछि आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयाे ।
सहायक प्रवक्ता अधिकारीका अनुसार सञ्जीव साहको घरदेखि ब्रम्हदेव सिंहको घरसम्म पक्की नाला निर्माणको भुक्तानी दिने क्रममा घुस लिएको आरोपमा पहिले नै कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह तेलीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा जसोधा कुमारीलाई सरकारी साक्षीका रूपमा विशेष अदालतमा पेस गरिएको थियो। तर उनले अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत अदालतमा बकपत्र गरेपछि उनी स्वयंमाथि पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले कुमारीविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गर्दै कैद सजाय र बिगोअनुसार जरिवानाको मागदाबी गरेको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच