काठमाडाैं । नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार छुट जग्गा दर्ताका लागि सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागिएको उजुरी आयोगमा आएपछि उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
आयोगको टंगालबाट खटिएको टोलीले मंसिर २ गते सेवाग्राहीबाट लिइएको १ लाख रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
आयोगले दुवै जनाविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गर्दै कैद सजाय तथा बिगोअनुसार जरिवानाको मागदाबी विशेष अदालतमा प्रस्तुत गरेको छ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच