कालीकोट । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कालीकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरसी) कार्यक्रमअन्तर्गत नरहरिनाथ गाउँपालिका–८ स्थित मङ्गलासैनी माध्यमिक विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार मेगा बैंक कालीकाेट शाखा प्रमुख रोहन कुमार बिष्टले करीब एक लाख पञ्चानब्बे हजार रुपैयाँ बराबरका ४ थान कम्प्युटर सहितका शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे हाे ।
कम्प्युटर वितरण गर्दै शाखा प्रमुख बिष्टले आधुनिक प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्न बैंकले गरेको सहयोग दुर्गम क्षेत्रका संसाधन–विहीन विद्यालयका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । उहाँका अनुसार, सिआरसी कार्यक्रमअन्तर्गत दुर्गमका विद्यालयहरूले पेस गरेका प्रस्तावका आधारमा छनोट गरी कम्प्युटर उपलब्ध गराइँदै आएको छ ।
कम्प्युटर तथा सामग्री ग्रहण गर्दै मङ्गलासैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक पंखबहादुर बिष्टले सहयोगप्रति विद्यालय परिवार अत्यन्त खुसी भएको बताउनुभयो । 'उहाँले भन्नुभयो, बैंकले गरेको योगदानले विद्यार्थीको सिकाइमा गुणस्तर वृद्धि हुने र विद्यालयलाई प्रविधिमैत्री शिक्षातर्फ उन्मुख गराउने विश्वास दिलाउनुभयाे ।
कालीकाेटकाे नरहरिनाथ-८ स्थित मङ्गलासैनी विद्यालयलाई कम्प्युटर लगाउतका शैक्षिक सामग्री हस्तान्तरण गरिँदै ।
तस्बिर : साैजन्य/राेहनकुमार बिष्ट







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच