पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जना मध्ये दुई जनाको सनाखत भएको छ । मृतक निस्दी गाउँपालिका– ७ हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, सोही गाउँपालिका –४ ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो । अर्को एक जना महिलाको शव भने पहिचान हुन सकेको छैन ।
उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा निस्दी– ४ लामेदमारका ९ वर्षीय नेवराज खाम्चा, सोही ठाउँका ५ वर्षीय सालिन खाम्चा,७३ वर्षीय नर बहादुर सुनारी, ७२ वर्षीया भुमी सरा सुनारी ४१ वर्षीय सुन्दर सुनार,निजको छोरा १० वर्षीय लविस सुनार, छोरी ५ वर्षीय प्रिन्सा सुनार र २८ वर्षीया मिना कुमारी सुनारी रहेका छन् । घाइते मध्ये ४ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । चिउरीबासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफै व्याक भएर दुर्घटना भएको जनाइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच