काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ ।
सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वाेच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिङ्गो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहनेछन् ।
बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ । उक्त नामावली मङ्सिर २७ गते सार्वजनिक हुनेछ ।
बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ । सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधानविपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
हालको विधान अनुसार पार्टीमा अध्यक्ष – १, उपाध्यक्ष – ३, महासचिव – १,उपमहासचिव – ३, सचिव – ७ गरी जम्मा १५ पदाधिकारी रहने व्यवस्था कायम छ।
यसअघि पदाधिकारी संख्या बढाउने सम्भावना रहेको चर्चा भए पनि बैठकले यस्तो प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच