धादिङ । नीलकण्ठ नगरपालिकामा बजेट हेरफेर प्रकरणले नगरप्रमुख र उपप्रमुखबीच विवाद उत्पन्न भएको छ।
नगरपालिकाको १७औँ नगरसभा तथा बजेट अधिवेशनले पारित गरेको बजेटमा नगरप्रमुखले फेरबदल गरेपछि विवाद सुरु भएको हो। उपप्रमुख दीपक विश्वकर्माले ६ बुँदे असहमति पत्र नगरप्रमुखलाई बुझाउनु भएकाे छ ।
नगरसभा—असार ६ मा प्रस्तावित र असार २४ मा पारित—बजेट रु १ अर्ब २२ करोड ९५ लाख ५ हजार रहेको र असोजसम्म कार्यान्वयनमा आएको असहमति पत्रमा उपप्रमुखले उल्लेख छ। सो बजेट नगरपालिकाको वेबसाइटमा पनि प्रकाशित भएको थियो।
तर, कार्तिक महिनामा बजेटमा रु १ अर्ब २५ करोड ९७ लाख २२ हजारको नयाँ रकम थपिएको र यसको स्रोत तथा कानुनी प्रक्रिया स्पष्ट नभएको उपप्रमुखले प्रश्न उठाउनु भएकाे छ ।
उपप्रमुख विश्वकर्माले स्थानीय सरकार सञ्चालन ऐन र अन्य कानुन विपरीत नगरसभाले पारित बजेट तोडमोड गरिएको आरोप लगाउनु भएकाे छ । यसले संघीय र प्रदेश तहसँग समन्वय गर्दै स्थानीय तह सुदृढीकरणको जिम्मेवारीमा समेत प्रश्न उठाएको बताइएको छ।









राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र