काठमाडाैं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमवार हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आईतवारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७ सय पुगेको छ ।
आईतवार २ हजार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८ सय पुगेको थियो । यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ । आईतवारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । आईतवार एक तोला चाँदी ३ हजार ८ सय २५ रुपैयाँमा खरिदविक्री भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ ।
यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो । नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ ।
नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ । २०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो । २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनाइएको थियो । त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्नसक्थे ।
राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ । आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ । हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ । व्यवसायीहरुका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय परिदृश्य हेर्दा अझै बढ्नसक्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर