काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटल्स एण्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी बेस्टइण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी बेस्टइण्ड इटहरी, सोल्टी बेस्टइण्ड रिसोर्ट चितवन, सोल्टी बेस्टइण्ड रिसोर्ट नगरकोट, सोल्टी बेस्टइण्ड लेकसाइड पोखरा, टाइगर प्यालेस बाई सोल्टी भैरहवा, मिथिलायात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलस्थित होराइजन लाउन्ज र आन्तरिक विमानस्थलस्थित होराइजन क्याफेमा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सम्झौताले ग्राहकलार्ई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर