काठमाडौं । महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगितामा सहभागिता जनाउने नेपालको महिला तथा पुरुष दुवै टोली घोषणा भएको छ । अखिल नेपाल कबड्डी संघले चार वैकल्पिक खेलाडीसहित २६ सदस्यीय टोली घोषणा गरेको हो ।
प्रतियोगिता मलेसियाको राजधानी क्वालालम्पुरमा फागुन १५ देखि १७ सम्म हुनेछ ।
महिला टोलीमा मानमती विष्टसहित जयन्ती बडू, अनुजा कुलुङ राई, मेनुकाकुमारी राजवंशी, नानुमाया पराजुली, मिना नेपाली, राधिका कठायत, आश्मा यादव, निशा खत्री, कलावती पन्त, विनिता पण्डित क्षेत्री र पुष्पा चौधरी रहनुभएको छ ।
सिर्जना धानुक र कलावती विष्टलाई वैकल्पिक खेलाडीमा राखिएको छ । यस्तै, पुरुषतर्फ घनश्याम रोकामगरसहित गणेश पार्की, कल्याण भुजेल, पदमबहादुर विष्ट, सुशील चुनारा, गोविन्द खड्का, सुरज बोहरा, सागर यादव, संस्कार कुमार, प्रवीण खड्का, निरज चन्द र सुशीलराम लोहार रहनुभएको छ । घनश्याम यादव र शम्शेर मियालाई भने वैकल्पिक खेलाडीमा राखिएको छ ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी