काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहकका लागि एक महत्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला (एमएसएमइ) कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस्तो सुविधासँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्न बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ ।
बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपछि ग्राहकले एउटा ‘ट्र्याकिङ नम्बर’ प्राप्त गर्नेछन् । उक्त नम्बर प्रयोग गरी बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ खण्डमा गएर अनलाइन कर्जा ट्र्याकिङ चयन गरी वा सिधै पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सकिने बताइएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर