काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले रिहा गर्न आदेश दिएको छ।
अदालतका न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यसअघि सो मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसअघि दुई पटकसम्म रवि लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि बहस रोकिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन भएको भनिएको आफ्नो भागको बिगो रकम दाखिला गरिसके पनि जिल्ला अदालत रुपन्देहीले उहाँलाई रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच