काठमाडौं । युवा पत्रकार विनोद देवकोटालाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता ललितादेवीको ५६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । केही समययता अस्वस्थ रहनुभएकी उहाँको कैलाली लम्कीचुहा नगरपालिका-१० स्थित निवासमा निधनमा भएको हो ।
उहाँ सरल, ममतामयी र पारिवारिक मूल्य-मान्यताप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । स्वर्गीय देवकोटाका ज्येष्ठ पुत्र पत्रकार विनोद देवकोटा, छोरा लक्ष्मण र प्रकाश देवकोटा तथा छोरी कल्पना देवकोटा हुनुहुन्छ । देवकोटाका बुवाको भने यसअघि नै निधन भइसकेको छ ।
हिमालय टाइम्स दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै मातृवियोगमा शोकाकुल विनोद देवकोटासहित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच