सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा र फागुन ११ गतेको राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिबाट सर्वसम्मतिले प्रत्यक्षतर्फ १३ जना समानुपातिकका लागि आठजना र राष्ट्रिय सभाका लागि दुईजनाको नाम सिफारिश गरेको हो ।
केन्द्रीय सदस्य बलबहादुर केसी, आङगेलु शेर्पासहित १३ जनाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिश गरेको छ । जसमा विनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, सुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रिन, रीना उप्रेतीको नाम सिफारिश गरेको हो ।
साथै प्रतिनिधिसभा समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पुजा फुयाँल, दुर्गाप्रसाद दर्जीको नाम सिफारिश गरेको छ । साथै राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिश गरेको छ ।
सोलुखुम्बु जिल्ला एउटामात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिसभा उम्मेदवार बन्न प्रत्यक्षतर्फ एक महिलासहित तीनजना र समानुपातिक तर्फ एक महिला एक पुरुष गरी दुईजना साथै राष्ट्रिय सभाका लागि एकजनाको मात्रै नाम सिफारिश गर्न परिपत्र गरेको थियो । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले आकांक्षाका रूपमा आएका सबै नाम राखी सर्व सम्मतको संज्ञा दिँदै सबै नेता बन्नेहरूको मनोकांक्षा पूरा गरिदिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच