काठमाडौं । अमेरिकास्थित नेपाली अमेरिकन सोसाइटी अफ इन्टरटेनमेन्ट एण्ड आट्र्सले गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरेको छ । संस्थाका अध्यक्ष तथा प्रथम नेपाल सरकारका पर्यटन दूत राजा घले र वर्तमान अध्यक्ष विद्या गुरुङले अमेरिकाको एट्लान्टा, जर्जियामा आयोजित कार्यक्रममा राईलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रमा राईले पुर्याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको आयोजक पक्षले जनाएको छ ।
सत्यकला राईलाई हालसालै ग्लोबल पिपल एलायन्स (जिपिए)ले शान्ति राजदूतका रूपमा पनि विशेष सम्मान प्रदान गरेको थियो । उक्त सम्मान कल्याण फाउण्डेसनको सह-आयोजनामा भएको कार्यक्रममार्फत् दिइएको थियो ।
सत्यकलाले नेपाली गीत-संगीत तथा मनोरञ्जन क्षेत्रमा पुर्याएको योगदान र सांस्कृतिक गतिविधिहरूमा सक्रिय सहभागिताका कारण यो सम्मान प्राप्त भएको हो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…