नेपाली नृत्य क्षेत्रमा एक चिरपरिचित नाम हो सन्दीप भुजेल । नवलपरासी जिल्लाको सुनवल नगरपालिका-२ मा बुबा स्व. गणेशबहादुर भुजेल र माता बुलुकुमारी भुजेलको कोखबाट जन्मिनुभएका सन्दीप काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोतामाझ पस्किरहनुभएको छ । नृत्य कोरियोग्राफरका साथै नृत्य निर्देशकका रूपमा पनि आफ्नो उचाइ बढाउँदै लग्नुभएका उहाँले ६० भन्दा बढी गीतको भिडियोमा कोरियोग्राफ तथा निर्देशन गर्नुभएको छ । उहाँले केही चलचित्रमा पनि सहायक नृत्य निर्देशक भएर काम गर्नुभएको छ । सानैदेखि नाच्न भनेपछि हुरुक्क उहाँ विगत १७ वर्षदेखि निरन्तर यो क्षेत्रमा हुनुहुन्छ । सन्दीपले पल शाह, आँचल शर्मा, महानायक राजेश हमाल, सुरज गराज, प्रकाश सपुत, वर्षा शिवाकोटीलगायत धेरै सेलिब्रेटीलाई नचाउनुभएको छ । यस क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै थुप्रै मानसम्मान र अवार्ड पनि उहाँले प्राप्त गर्नुभएको छ । उत्कृष्ट नृत्य प्रस्तुतिका लागि निरन्तर मिहिनेत, सिर्जनशील सोच र आत्मसमर्पण आवश्यक रहेको बताउनुहुने नृत्य निर्देशक सन्दीप भुजेलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
ब्ल्याक बोर्डद्वारा आयोजित लिटिल च्यापियन्स नेपालको सिजन दुई हुँदैछ । त्यसको तयारी भइरहेको छ । त्यसमा म अफिसियल कोरियोग्राफरका रूपमा छु । यसको फिनाले जनवरीको पहिलो हप्ता हुँदैछ नेपाल पुलिस क्लबमा । यसमा मैले चालिस बालबालिकालाई नृत्य प्रशिक्षण गरिरहेको छु । हालै मिसेस नेपाल वल्र्डको पनि फिनाले सकियो । त्यसमा पनि अफिसियल डान्स कोरियोग्राफरका रूपमा आबद्ध थिएँ । यस्तै, म्युजिक भिडियोमा कोरियोग्राफी र निर्देशनमा पनि आफूलाई संलग्न गराउँदै आइरहेको छु । ब्ल्याक बोर्डबाट नै नयाँ इभेन्ट ‘नेपाल किस्ट ट्यालेन्ट’ रियालिटी शोको पनि तयारी गरिरहेका छौं ।
‘म्युजिक भिडियोमा निर्देशन र कोरियोग्राफी गरेर ६० भन्दा बढी भयो होला । यस्तै, फिल्ममा पनि असिस्टेन्ट कोरियोग्राफर भएर काम गरेको छु । गोविन्द राई सरसँग एक दर्जनजस्तो फिल्ममा असिस्टेन्ट कोरियोग्राफर भएर काम गरेको छु । केही फिल्मको नाम लिनुपर्दा ‘जाइरा’, ‘गोपी’, ‘परदेशी-२’ लगायतका रहेका छन् । यस्तै, गीतका भिडियोका नाम लिनुपर्दा ‘मिरा हुँ म तिम्री’, मायाको धुन, मायाको बन्धन यो लगायतका छन् । यस्तै, विज्ञापनहरूमा पनि गरेको छु । हालै मेरो कोरियोग्राफीमा रहेको वसन्त चौधरीको ‘जेन-जी एन्थम’ पनि बजारमा आएको छ ।’
अहिलेसम्म आउँदा कति जति गीतमा निर्देशन र कोरियोग्राफी गर्नुभयो होला ?
म्युजिक भिडियोमा निर्देशन र कोरियोग्राफी गरेर ६० भन्दा बढी भयो होला । यस्तै, फिल्ममा पनि असिस्टेन्ट कोरियोग्राफर भएर काम गरेको छु । गोविन्द राई सरसँग एक दर्जनजस्तो फिल्ममा असिस्टेन्ट कोरियोग्राफर भएर काम गरेको छु । केही फिल्मको नाम लिनुपर्दा ‘जाइरा’, ‘गोपी’, ‘परदेशी-२’ लगायतका रहेका छन् । यस्तै, गीतका भिडियोका नाम लिनुपर्दा ‘मिरा हुँ म तिम्री’, मायाको धुन, मायाको बन्धन यो लगायतका रहेका छन् । यस्तै, विज्ञापनहरूमा पनि गरेको छु । यस्तै, हालै मेरो कोरियोग्राफीमा रहेको वसन्त चौधरीको जेन-जी एन्थम पनि बजारमा आएको छ ।
कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा, अहिलेसम्म क-कसलाई नचाउनुभयो होला ?
म विगत १७ वर्षदेखि निरन्तर यो क्षेत्रमा छु । पल शाह, आँचल शर्मा, महानायक राजेश हमाल, सुरज गराज, प्रकाश सपुत, वर्षा शिवाकोटीलगायत धेरै हुनुहुन्छ ।
कत्तिको चुनौती छ ?
कत्तिको चुनौती छ भन्ने कुरा हरेक व्यक्तिले आफ्नो कामलाई कुन दृष्टिकोणले लिन्छ भन्नेमा निर्भर गर्छ । कामलाई सामान्यरूपमा लिने हो भने चुनौती कम देखिन सक्छ तर उत्कृष्टता हासिल गर्ने चाहना राख्दा चुनौती स्वाभाविकरूपमा बढ्छ । किनकि उत्कृष्ट प्रस्तुतिका लागि केवल दायित्व पूरा गर्नु मात्र पर्याप्त हुँदैन, त्यसका लागि निरन्तर मिहिनेत, सिर्जनशील सोच र आत्मसमर्पण आवश्यक पर्छ । हरेकपटक आफूलाई अघिल्लो स्तरभन्दा माथि पुर्याउने प्रयास गर्नु नै सबैभन्दा ठूलो चुनौती हो । प्रत्येक प्रस्तुतिमा केही नयाँ, अर्थपूर्ण र प्रभावकारी पस्किने चाहनाले कामलाई अझ जिम्मेवार बनाउँछ । तर, यही चुनौती नै प्रेरणाको स्रोत पनि बन्छ, जसले व्यक्तित्व र पेशागत क्षमतामा निखार ल्याउँछ । त्यसैले चुनौतीबाट भाग्ने होइन, त्यसलाई अवसरका रूपमा स्वीकार गर्दै निरन्तर सुधारको बाटोमा अघि बढ्नु नै सफलताको आधार हो भन्ने लाग्छ ।
कत्तिको प्रतिस्पर्धा छ ?
प्रतिस्पर्धा हुनु स्वाभाविक नै हो । स्वस्थ प्रतिस्पर्धाले हामीलाई सधैं सजग, जिम्मेवार र अझ उत्कृष्ट बन्न प्रेरित गर्छ । प्रतिस्पर्धालाई चुनौतीका रूपमा लिँदै त्यसलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गर्नुपर्छ भन्ने लाग्छ । अरूसँग तुलना गर्नेभन्दा पनि आफ्नै मान्यता, इमान्दारिता र पेशागत निष्ठालाई आधार मानेर अघि बढ्दा सफलता हात लाग्छ । आफ्नो इमान्दारिताले नै हामीलाई अघि बढाउन सहयोग पुर्याउँछ ।
यहाँले डान्स कोरियोग्राफ र निर्देशनलाई अघि बढाइरहनुभएको छ, आफूलाई के भन्न रुचाउनुहुन्छ डान्स कोरियोग्राफर कि नृत्य निर्देशक ?
म आफूलाई मुख्यतः डान्स कोरियोग्राफरकै रूपमा चिनाउन रुचाउँछु । किनकि मेरो पहिचान, अनुभव र स्थापित यात्रा सबैभन्दा पहिले कोरियोग्राफीकै माध्यमबाट बनेको हो । लामो समयदेखि यसै क्षेत्रमा निरन्तर काम गर्दै आएको छु र यही नै मेरो मूल दक्षता पनि हो । तथापि, समयसँगै नृत्य निर्देशनतर्फ पनि मेरो सक्रिय संलग्नता बढ्दै गएको छ । निर्देशन क्षेत्रमा पनि मैले उल्लेखनीय र सन्तोषजनक कामहरू गर्दै आएको छु, जसले मेरो सिर्जनात्मक दायरा अझ फराकिलो बनाएको छ । त्यसैले म डान्स कोरियोग्राफरका रूपमा स्थापित भए पनि नृत्य निर्देशकको भूमिकालाई पनि उत्तिकै जिम्मेवारी र गम्भीरताका साथ अघि बढाइरहेको छु ।
आफैंले आफैंलाई कस्तो व्यक्तित्वका रूपमा चिन्नुहुन्छ ?
म आफैंलाई एक उत्साही र दृढ व्यक्तित्वको मान्छे भनेर चिन्ने गर्छु । म कठिन परिस्थितिहरूलाई पनि चुनौतीका रूपमा लिन्छु र कहिल्यै हार नमान्ने मनोबल राख्छु । जीवनमा जे जटिल परिस्थिति आए पनि म त्यसलाई अवसरका रूपमा प्रयोग गर्दै अगाडि बढ्ने प्रयासमा लागिरहन्छु । साथै, म एक मृदुभाषी र मैत्रीपूर्ण स्वभावको व्यक्ति हुँ । मलाई मानिसहरूसँग राम्रो सम्बन्ध बनाउने र सबैको विश्वास र माया पाउनेमा विशेष रुचि छ । म आफू वरिपरिको वातावरणमा सकारात्मक ऊर्जा फैलाउन र अरूलाई सहज महसुस गराउन सदैव तयार रहन्छु । मेरो उद्देश्य केवल आफूलाई सफल बनाउनु मात्र होइन, वरिपरिका मानिसहरूसँग पनि प्रेम, सद्भाव र सहयोगको भावना बाँड्नु हो । संक्षेपमा भन्नुपर्दा, म एक दृढ, सकारात्मक र सजीव स्वभावको व्यक्ति हुँ जसले चुनौतीहरूलाई अवसरमा बदल्न र सबैसँग हार्दिक सम्बन्ध बनाउने विश्वास राख्दछ ।
यो क्षेत्रमा नभएको भए ?
यदि म अहिलेको क्षेत्रमा नभएको भए, मेरो यात्रा सायद पूर्णतया फरक दिशामा पुगेको हुन्थ्यो । म होटल म्यानेजमेन्टको विद्यार्थी हुँ, त्यही क्षेत्रमा हुन्थें होला ।
यहाँको नृत्यबाहेक रुचिको क्षेत्र ?
होटल म्यानेजमेन्टको विद्यार्थी भएर पनि होला कुकिङ रुचिको क्षेत्र छ भने अर्को म गाउन पनि रुचि राख्छु ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान, पुरस्कार अवार्ड प्राप्त गरेको पनि पाइन्छ नि ?
तपाईंले भनेजस्तै प्राप्त भइरहेको छ । यसले कार्यमा अझ थप जिम्मेवारी र ऊर्जा प्रदान गर्दछ । नेपाल म्युजिक एण्ड फेशन अवार्डबाट वर्षको सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड ‘मायाको धनु’ भन्ने गीत र अर्को ‘झिमिक झिमिक परेली’ भन्ने गीतको बोलबाट पाएको छु । यस्तै, २०२२ मा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित भएको छु । हालै जिनियस म्युजिक अवार्डमा पनि उत्कृष्ट कोरियोग्राफरका रूपमा सम्मानित भएको छु । यस्तै, अन्य थुप्रै छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच