शासन एउटा व्यवस्था हो । व्यवस्थाका आफ्ना पहिचान हुन्छन् । सनातन परम्परामा विभिन्न प्रकारका ग्रन्थहरूले शासकीय अवस्था र पद्धतिलाई बताएका छन् । बताएका मात्र छैनन् उल्लेख गरेर यो शासकीय पद्धतिले राज्यको विकास र उन्नतिमा नयाँ आयाम थप्छ भन्ने सन्दर्भको घोषणा नै गरेको देखिन्छ । शासन व्यवस्थामा आज पनि रामराज्य र हस्तिनापुरको युधिष्ठिरको राज्य सञ्चालनलाई आधार मानिएको छ । भनिन्छ नि शासन र व्यवस्थाको परिचय राम हुन् । उनको राज्यमा शासकीय पद्धतिलाई एउटा जीवन्त उदाहरण आज पनि मानिएको पाइन्छ । कतिपय अवस्थामा त रामराज्यको कल्पना पनि गरिएको पाइन्छ । पूर्वको शासकीय पद्धतिले रामको राज्य गर्ने नीतिलाई आज पनि जीवन्त मानेको छ । हामी पूर्वको शासकीय मान्यतामा अडिन नसकेर पश्चिममा प्रचलित शासकीय मान्यतालाई आधार बनाएर गतिशील बनेका छौं ।
रामराज्यलाई डा.पाण्डेयले कृतिमा रामको राज्यव्यवस्थालाई प्रमाणिक तरिकाले पुस्तकमा रारखदिएका छन् । रामको राज्यमा देखिएका सबै पक्षको विस्तृत जानकारी लेखकले पाठकलाई दिएका छन् । शासन व्यवस्थामा सबैभन्दा कमजोर कडी दण्ड व्यवस्थालाई आँखा चिम्लनु हो । रामराज्यमा साधनस्रोत तथा राज्यका सबै अङ्गको उचित समायोजन शासकले गर्नुपर्दछ भन्ने सन्दर्भलाई यो कृतिले गतिलो तरिकाबाट उठान गरेको देखिन्छ ।
अध्ययन र अनुसन्धानका माध्यमबाट वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा. लालमणि पाण्डेयले हिन्दु शासनकला र रामराज्य (२०८२) बाहिर ल्याएका छन् । पूर्वको शासकीय कला र पूर्वमा शासन चलाउने अवधारणालाई मुख्य विषय बनाएर बाहिर आएको यो कृति नेपाली शासकहरूका लागि वा अध्ययन गर्न चाहने व्यक्तिका लागि उपयोगी नै देखिएको छ । इण्डिगो प्रकाशनबाट प्रकाशित प्रस्तुत कृति लेखक पाण्डेयको अनुसन्धानमा आधारित कृति हो । अनुसन्धानका माध्यमबाट आएको यो कृतिलाई लेखकले प्रमाािणक बनाएर प्रस्तुत गरेको देखिन्छ । पूर्वको शासन पद्दति कति गतिलो र जनताका लागि उपयोगी छ भन्ने सन्दर्भलाई उनले प्रमाणित गरिदिएका छन् आफ्नो कृतिमार्फत । आफूले अध्ययन, अनुसन्धान गर्दा पाएको प्रमाणलाई नै उनले आधार बनाएका छन् । यो कृति प्रमाणिक कृतिका रूपमा बजारमा आएको छ ।
के हो रामराज्य ?
तुलसीदासले रामराज्यका सन्दर्भमा आफ्नो कृति रामचरितमानसमा भन्छन् । रामराज्य तापरहित र आपसमा माया, प्रेम, आदर सद्भावमा वितरित राज्य थियो ।
दैहिक दैविक भौतिक तापा । राम राज नहिँ काहुहि व्यापा ।
सब नर करहिँ परस्पर प्रीति । चलहिँ स्वधर्म निरत श्रुति नीति ।
यही हो रामराज्य । यही रामराज्यलाई डा.पाण्डेयले कृतिमा रामको राज्यव्यवस्थालाई प्रमाािणक तरिकाले पुस्तकमा रारखदिएका छन् । रामको राज्यमा देखिएका सबै पक्षको विस्तृत जानकारी लेखकले पाठकलाई दिएका छन् । शासन व्यवस्थामा सबैभन्दा कमजोर कडी दण्ड व्यवस्थालाई आँखा चिम्लनु हो । रामराज्यमा साधनस्रोत तथा राज्यका सबै अङ्गको उचित समायोजन शासकले गर्नुपर्दछ भन्ने सन्दर्भलाई यो कृतिले गतिलो तरिकाबाट उठान गरेको देखिन्छ ।
शासन व्यवस्थाका लागि के के कुरा उपलब्ध हुनुपर्दछ र के भयो भने शासनका हरेक अङ्ग सबल हुन्छन् भन्ने सन्दर्भलाई समेत पाण्डेयले पुस्तकमा राखिदिएका छन् । उनको अध्ययन यति गहिरो तरिकाले आएको छ भन्ने तथ्य पुस्तकको अध्ययनबाट पाउन सकिन्छ । रामराज्य किन आदर्श बन्यो भन्ने सन्दर्भलाई समेत उनले कृतिमा राखिदिएका छन् । हाम्रो प्राचीन शासकीय पद्धतिमा रामराज्यमात्र उदाहरण हो । आदर्श मानिएको रामराज्यका सबै सन्दर्भलाई प्रमाणित तरिकाले पस्कनु पनि लेखकको ध्येय बनेको छ ।
रामराज्य कल्पनामात्र होइन । रामराज्य त शासकीय प्रणाली हो । यो प्रणालीले तत्कालीन समयको सन्दर्भलाई गतिलो तरिकाले उठाएको छ कृतिले । कृतिमा रामराज्यमा देखिएको सबै शासकीय पद्दतिको लेखाजोखा लेखकले कृतिमा गरिदिएका छन् । उनको कृति शासनमा देखापरेका सन्दर्भ र रामराज्य कल्पना होइन भन्ने सन्दर्भमा केन्द्रित रहेको देखिन्छ । लेखक आजको नेपालको शासनमा देखिएको पहिचान भिन्न भए पनि शासन व्यवस्थालाई चलाउने सन्दर्भमा भन्छन् रामराज्यमा समृद्ध र भ्रष्टाचारमुक्त समाज थियो । गरिबी र अभाव थिएन र सबै प्रजा सुखी र सन्तुष्ट थिए । वितरण प्रणाली न्यायपूर्ण थियो । रामराज्यको जस्तै आर्थिक दृष्टिले समृद्ध, न्यायपूर्ण र सुखी समाज नेपालको आवश्यकता हो पृ.३९१ ।
यही हो रामराज्य । लेखकले रामराज्यमा स्थापित मान्यतालाई वर्तमान नेपालले पनि अवलम्बन गर्नसक्ने तर्कलाई जोडदार रूपमा उठाएका छन् । रामराज्यमा स्थापित भएका मान्यतालाई हामीले पूर्णतः परिचालन गर्न नसके पनि भ्रष्टाचारमुक्त प्रशासन र समान वितरण प्रणाली अपनाउन सक्छौँ भन्ने भावलाई लेखकले रामराज्यको प्रशासकीय पद्धतिबाट बताउन खोजेको देखिन्छ ।
लेखकले रामराज्यका राजनीतिक सिद्धान्तमा मात्र जोड दिएका छैनन् । शासनमा हुनुपर्ने गुण र सन्दर्भलाई जोड्दै लेखक भन्छन् नैतिकता प्राचीनकालमा सुशासन र भ्रष्टाचारमुक्त राज्यव्यवस्थाका लागि जति आवश्यक थियो वर्तमान राजनीतिमा पनि उत्तिकै आवश्यक छ । रामराज्यको सदाचारको अनुकरण गर्न सकियो भने समसामयिक नेपालको राजनीतिमा उत्तरदायित्व र सुशासन कायम गर्न सकिन्छ । नेपालको लोकतन्त्रको सफलता र आर्थिक अनियमितताको अन्त्य गर्न रामराज्यका नैतिक मान्यता मार्गदर्शक हुन सक्छन् पृ.३९० ।
लेखक पाण्डेय नेपालको शासन व्यवस्थाप्रति बेखुश छैनन् । लोकतन्त्र संसारको उत्तम शासकीय पद्धति हो । यो पद्धतिमा देखापरेका नराम्रा मान्यतामा राजनीतिककर्मी नलाग्ने हो भने वर्तमान नेपालको शासन पद्धति गतिलो छ भन्ने सन्दर्भलाई लेखकले राखिदिएको देखिन्छ । हामीले आफ्नो प्राचीन शासकीय पद्धतिप्रति आँखा चिम्लियौँ । राजनीतिलाई मागी खाने भाँडो बनायौँ । राजनीति कमाउनका लागि हो भन्ने आदर्श नै स्थापित गरिदियौँ । त्यही कारण आजको शासकीय पद्धतिमा नेपाली जनताको आक्रोश बढेको हो भन्ने तथ्यलाई लेखकले गतिलो तरिकाबाट राखिदिएका छन् । लेखकको वर्तमान शासकले शासन पद्दतिमा आफ्नो पकड जमाउन सकेनन् ।
राजनीतिमात्र कमाउनका लागि मात्र हो भन्ने उदाहरण नै स्थापित गरेकोमा लेखक चिन्तित देखिएका छन् । उनी नेपालको शासन व्यवस्थामा रामराज्यको कल्पना गरेर अघि बढ्न तर्क राख्ने पक्षमा छैनन् । रामराज्य किन रामराज्य भयो त्यसका केही सार्वजनीन मान्यता आजको शासनमा पनि लागू गर्न सकिन्छ भन्ने तर्कमा सहमत छन् । राज्यका ती सिद्धान्तलाई कानुनका माध्यमबाट देशको शासकीय पद्दतिमा लागू गर्न सके नेपालको विकास हुन्छ भन्ने गतिलो तर्कलाई लेखकले प्रमाणिकरूपमा प्रस्तुत गरेको देखिन्छ ।
पढ्नै पर्ने कृति
प्राडा.पाण्डेयको हिन्दु शासनकला र रामराज्य (२०८२) एउटा गतिलो कृति बनेर बजारमा आएको छ । राजनीति गर्ने वा गर्न चाहने व्यक्तिका लागि यो कृति पथपर्दशक बन्नेछ । लेखकले प्राचीन शासनकलालाई मात्र कृतिमा राखेका छैनन् । प्राचीन शासनव्यवस्थामा देखापरेका आधार राम्रा पक्षको उद्घाटन कृतिमार्र्फत गरिदिएका छन् । रामको राज्य आदर्श कल्पनामात्र होइन । लेखक भन्छन् रामको राज्यमा तेत्रायुगमा पनि सत्ययुगको आभास हुन्थ्यो । रामराज्य तेत्रायुगको आदर्श शासन थियो । वर्तमान समयमा समेत रामराज्य सुशासनको नमुना मानिन्छ पृ.९७ ।
आठ एकाई र तीन सय एकानब्बे पृष्ठमा समेटिएको यो कृति पाठकका लागि मात्र उपयोगी छैन । शासनमा न्याय र अपराध अनुसारको सजाय अनिवार्य हुनुपर्दछ भन्ने सन्दर्भलाई कृतिले जोडदार रूपमा उठाएको छ । न्याय र दण्ड प्रणालीलाई वास्ता नगर्ने प्रवृत्तिका कारण आजको यो अवस्था आएको हो भन्ने भावलाई लेखकले खुलस्त पारेर राखिदिएका छन् ।
लेखक पाण्डेयद्वारा लेखिएको यो कृति राजनीतिककर्मीका लागि मात्र उपयोगी होइन । प्राचीन शासनकला कस्तो थियो ? शासक कस्ता थिए ? शासकको व्यवहार कस्तो हुन्थ्यो ? राज्यका जनताको अवस्थामा कसरी परिवर्तन गर्न सकिन्थ्यो ? अपराध अनुसारको दण्डको व्यवस्था कुन किसिमको थियो ? स्थानीय शासन, धर्म र राजनीति कसरी गतिशील बनेको थियो भन्ने सन्दर्भलाई लेखकले प्रमाणिक तरिकाबाट कृतिमा राखिदिएका छन् । कृतिकारको मिहिनेतले प्राचीन शासकीय व्यवस्था र उक्त व्यवस्थामा भएका राज्यका सबै संयन्त्रको चर्चा गरिदिएका छन् । रामायण, महाभारत आदि हाम्रा ग्रन्थमा शासनको अवस्था कस्तो थियो । शासकको पहिचान र उसले निर्वाह गर्नुुपर्ने भूमिका कस्तो किसिमको हुनुपर्दछ भन्ने सन्दर्भलाई समेत बताएका छन् । दण्डहीनतका कारण उपस्थित हुने राज्यको सन्दर्भलाई उठान गरिदिएका छन् लेखकले यो कृतिमा ।
पाण्डेयले कुनै पनि कुरालाई अध्ययनको आधारमा पुष्टि गरेका छन् । प्राचीन शासन पद्धतिमा देखिएका यावत् सन्दर्भको उठान गरेर वर्तमान समयमा पनि त्यसकिसिमको शासकीय व्यवस्थालाई गति दिन सकिन्ज्ञछ भन्ने सन्दर्भलाई बलिया तर्कबाट कृतिमा उभारेका छन् । अध्ययनको फराकिलो दायरामा प्रवेश गरेका पाण्डेयको यो कृति नेपाली शासक र न्याय सम्पादन गर्ने व्यक्तिका लागि उपयोगी मानिएको छ । कृतिमा लेखक जसरी प्रस्तुत भएका छन् त्यसमा उनको अध्ययनलाई साधुवाद दिन कर लाग्छ नै ।
आठ एकाइ र तीन सय एकानब्बे पृष्ठमा समेटिएको यो कृति पाठकका लागि मात्र उपयोगी छैन । शासनमा न्याय र अपराध अनुसारको सजाय अनिवार्य हुनुपर्दछ भन्ने सन्दर्भलाई कृतिले जोढदाररूपमा उठाएको छ । शासन गर्न शासक बन्ने तर न्याय र दण्ड प्रणालीलाई वास्ता नगर्ने प्रवृत्तिका कारण आजको यो अवस्था आएको हो भन्ने भावलाई लेखकले खुलस्त पारेर राखिदिएका छन् । व्यवस्था र शासन प्रणाली नयाँ र पुरानो हुँदैन । व्यवस्थाका हरेक अङ्गमा सुधारका साथ गतिशील हुने हो भने आज पनि रामराज्य सफल हुन्छ भन्ने भावलाई लेखकले जोड दिएको देखिन्छ । हाम्रा प्राचीन मूल्य मान्यता र शासनमा विज्ञको सुझावलाई गतिलो तरिकाले व्यवस्थापन गर्दा रामराज्य बन्यो अब किन बन्न सक्दैन ? भन्ने तर्कलाई लेखकले उठाएका छन् ।
समाज सुधार शासनबाट हुन्छ । शासकले आफ्नो र उसको भावलाई त्यागेर समान व्यवहार गरेमा रामराज्य आउने र देशको चौतर्फी विकास हुने सन्दर्भलाई उठाइएको यो कृति तत्कालीन राजनीति, समाज, शासन, शासक, जनता, गुरु, आचार्य आदि र उनीहरूका कार्यलाई गहिरो तरिकाले बाहिर ल्याएको कृति हो । हामी आफूलाई राम मान्ने प्रवृत्तिको अन्त्यमा लागेर देश, जनता र जनताका दुःख मेरा हुन् भन्ने भावनाबाट प्रेरित भयौँ भने आज पनि रामराज्यको सान्दर्भिकता छ भन्ने निष्कर्षलाई कृतिले बताएको छ । इण्डिगो प्रकाशन र कृतिका लेखक प्राडा.लालमणि पाण्डेयलाई साधुवाद दिदैँ लेखकको कलम नसुतोस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्दछु ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच