एजेन्सी । विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ । फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप फुटबलको पुरस्कार राशि बढाएको हो । फिफाका अनुसार पुरस्कार राशि ५० प्रतिशत बढेको हो । बढेको राशिअनुसार अब विश्व विजेता टिमले ५० मिलियन डलर पुरस्कार पाउनेछन् भने उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछन् ।
समूह चरणबाट बाहिरिने टोलीका लागि नौ मिलियन डलरको पुरस्कार घोषणा गरिएको छ । फिफाले विश्वकप छनोट भएका टोलीलाई तयारी खर्च भनेर १.५ मिलियन डलर प्रदान गर्नेछ । पुरस्कार राशि बढेसँगै विश्व फुटबलमा ठूलो आर्थिक योगदान पुग्ने विश्वास रहेको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताउनुभएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…