ललितपुर । देशभरिका १०७ विद्यालयका ३५ सयभन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ बिहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ । थन्डर बोल्ट्स कप २०२५ मा समूहगततर्फ फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगततर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबलटेनिस, टेनिस, इ-स्पोट्र्सका खेलहरू समावेश गरिएका छन् ।
‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरका निर्देशक वरुण खड्का, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित कुमारको सहभागिता थियो ।
प्रतियोगिताका विभिन्न खेलको पदक प्राप्तिका आधारमा विजेता टोलीको घोषणा गरिनेछ । प्रथम स्थान प्राप्त गर्ने विद्यालयले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबीच बलियो खेल संस्कृति र सौहाद्र्रताको विकास गर्ने रहेको छ । प्रतियोगिता पुस ९ गते सम्पन्न हुनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र