जनकपुरधाम । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित हुनुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा सातदलीय गठबन्धनका तर्फबाट सभामुखका उम्मेदवार बन्नुभएका यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यले मतदान गरे भने २४ जनाले विपक्षमा मत दिए । बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । सभामुखको आसनमा रहनुभएकी उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेको प्रस्तावको पक्षमा मतदान गरेकाले यादव सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
पहिलो प्रस्तावमै बहुमत प्राप्त भएकाले दोस्रो उम्मेदवारको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न नपरेको जानकारी उहाँले सदनलाई दिनुभयो । नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसादले पनि सभामुखमा उम्मेदवारी दिनुभएको थियो । धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित यादव यसअघि जसपा संसदीय दलका प्रमुख सचेतक हुनुहुन्थ्यो । पहिलो कार्यकालमा पनि उहाँ सोही पार्टीबाट प्रत्यक्ष निर्वाचित भई दलको उपनेताको जिम्मेवारीमा रहनुभएको थियो ।
शिक्षकदेखि पत्रकार हुँदै सभामुखसम्म
२०२६ साल चैत १५ गते धनुषाको कनकपट्टीमा जन्मिनुभएका रामअशिष यादव पूर्वशिक्षक तथा पत्रकार हुनुहुन्छ । स्नातक तहसम्म अध्ययन गर्नुभएका यादवले वि.सं. २०५४/५५ तिर काभ्रे जिल्लाको एक सामुदायिक विद्यालयमा अंग्रेजी विषयका शिक्षकका रूपमा अध्यापन सुरु गर्नुभएको थियो । पछि उहाँले रेडियो नेपालका धनुषा संवाददाताका रूपमा पत्रकारिता यात्रा थाल्नुभएको थियो । विसं. २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्षमा निर्वाचित हुनुभएका यादव विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा पनि आबद्ध रहनुभएको थियो ।
उहाँ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरी डम्पिङ साइटमा परिणत भएपछि त्यसको संरक्षण र सफाइ अभियानमा सक्रिय रहँदै गंगा आरती सुरु गर्ने अभियन्तामध्ये एक हुनुहुन्छ । राजनीतिक यात्रामा २०४५ सालमा नेपाल विद्यार्थी संघबाट सक्रिय हुनुभएका यादव २०७४ सालको निर्वाचनमा पहिलोपटक तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।







चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका