काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार उहाँहरूलाई २–३ दिनको म्याद तोकेर बयानका लागि चिठी पठाइनेछ।
“हामी म्याद दिएर चिठी पठाउँछौँ, एक–दुई दिनभित्र पत्र जान्छ,” शर्माले बताउनु भयो ।
यसअघि पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ‘बोगस’ भन्दै आलोचना गर्दै आउनु भएको छ । उहाँले जाँचबुझ आयोगमा बयान नदिने समेत बताउनु भएको छ ।
आइतबार मात्रै एक टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने भन्दै त्यसबापत गिरफ्तार हुनुपरे आफू तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।
आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालसहितका तत्कालिन सुरक्षा प्रमुखहरुसँग बयान लिइसकेकाे छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच