काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । जसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताले अनलाइनबाटै सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् । उक्त डिजिटल प्लेटफर्ममार्फत् ग्राहकहरूले आफूसँग भएको सेयर धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले अनलाइनबाट उक्त प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजात बुझाउन सक्नेछन् ।
बैंकका अनुसार ग्राहकले कर्जा स्वीकृति अवधिसम्ममा एकपटकमात्र बैंकको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ । उक्त प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाबारेमा आफैंले जानकारी लिनसमेत सक्नेछन् । सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम पाँच लाखदेखि अधिकतम ५० लाखसम्म तोकिएको छ ।
उक्त कर्जाका लागि धितोका रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनुपर्नेछ, निवेदकबाहेक अन्य व्यक्तिको सेयर धितोका रूपमा स्वीकार गरिने छैन । ग्राहकहरूले यस्तो सुविधा बैंकका ३१ शाखा कार्यालयबाट सहजरूपमा पाउन सक्ने पनि बैंकले जनाएको छ । उक्त सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बताइएको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन