काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताउनुभएको छ । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताउनु भयो ।
उहाँले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने बताउनु भयो । देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताउनु भयो । ‘जेन-जी’ आन्दोलनमा नेपाली अनुहार भएपनि त्यसभित्रको रुप के थियो भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो ।
नेता कोइरालाले भन्नुभयो, ‘अहिले नेपाललाई कसरी हामीले राजनीतिक स्थिरता दिन सकिन्छ ? अघि स्वामीजीले भन्नुभयो । एउटा गार्जेन चाहिन्छ भन्नेकुरा गर्नुभयो । किसुनजीले पनि भन्नुभयो र विपीजीले पनि राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान सकेनौँ भने नेपाल बाँच्दैन भन्नेकुरालाई राष्ट्रिय मेलमिलापको नारा दिएर अघि बढ्नुभएको हो । राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा छ । प्रजातन्त्र, लोकतन्त्र त छाडातन्त्रमा हामीले विकसित गरिसकेका छौँ । अहिलेको अवस्था जेन–जीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्यो भित्र नेपाली अनुहार नै थियो की अरु कोही थिए भन्नेकुरा हामीले बुझ्नुपर्छ ।’
नेता कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरुरी रहेको बताउनु भयो । अहिले नेपालको राजनीतिमा लोकरिझ्याँईले प्राथमिकता पाएको बताउनु भयो ।
कार्यक्रममा स्वामी आनन्द अरूणले किसुनजीको जीवन र व्यक्तित्वका विषयमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संविधानविद् डा बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौं कांग्रेसका नेता लोकेश ढकाललगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, नेपाली कांग्रेस ललितपुरको पार्टी कार्यालयमा सन्तनेता भट्टराईको सालिक राखिने भएको छ । नेपाली कांग्रेसका पूर्वपार्टी सभापतिसमेत रहनुभएका सन्तनेता भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको प्रांगणमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले उहाँको सालिक राख्ने स्थानको शिलान्यास गर्नुभयो । शिलान्यास पश्चात् मन्तव्य राख्दै कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले किसुनजी आफ्नो आदर्श व्यक्तित्व भएको बताउँदै उनको आश्रमलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले मंगलबार शिलान्यास भएको सालिक निर्माण सम्पन्न गरी केही दिनमा नै अनावरण गर्ने प्रयास रहेको जानकारी दिनुभयो ।






भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई