काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका १०७ विद्यालय खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ । काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयबमोजिम अनुमति प्राप्त गरेर सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका लिटिल किंगडम, लिडिंग स्टार स्कुल, ऐन्जल इविएस, शान्ति प्राइमरी स्कुल, बुद्व पशुपति, ओपन हाउस, बालुवाटार इबिएस लगायतका १०७ विद्यालयहरूको अनुमति खारेजीका लागि ताकेता गरेको हो ।
महानगरको शिक्षा विभागले एक सूचना निकाल्दै स्थलगत रूपमा सञ्चालनमा नरहेका १०७ विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्ने अल्टिमेटम दिएको छ । यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठियारलाई सम्पर्कमा आउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिश गरिने महानगरले जनाएको छ ।
महानगरका अनुसार ‘शिक्षा विभागले स्थलगत रूपमा अनुगमन, रुजु, यकिन गरी अनुमति खारेजीका सम्बन्धमा आवश्यक निर्णय हुन कार्यपालिकामा पेस गर्ने निर्णय भएको छ । महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा काठमाडौं महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना साथ संलग्न सूचीमा उल्लेख भएका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त भएको छ’, महानगरले जानकारी दिएको छ ।
पछिल्लो समय महानगरले अनधिकृत वा नाम मात्रका विद्यालय हटाउने र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र