काठमाडाैं । जाडो याममा हावामा आर्द्रता कम हुन्छ। यसले आँखा सतहमा हुने प्राकृतिक आँसु छिटो सुक्न मद्दत गर्छ। साथै, चिसो हावा, धुलो–धुवाँ, हिटरको प्रयोग, लामो समय मोबाइल वा कम्प्युटर हेर्नु, र एलर्जी उत्पन्न गर्ने तत्व (धुलो, धुवाँ) का कारण आँखामा समस्या देखिन्छ।
आँखा सुख्खा हुँदा देखिने लक्षण
– आँखा पोल्ने वा डढेजस्तो हुने
– चिलाउने वा बिझाउने
– रातो देखिने
– आँसु कम वा धेरै बग्ने
– लामो समय पढ्दा वा स्क्रिन हेर्दा आँखा थाक्ने
– उज्यालोमा हेर्न गाह्रो हुने
चिसो मौसममा आँखालाई सुरक्षित राख्न स्वास्थ्य राख्न यसाे गर्नुहाेस्
१. आँखा नमी कायम राख्नुहोस्
डाक्टरको सल्लाह अनुसार artificial tear (आँखा भिजाउने ड्रप) प्रयोग गर्न सकिन्छ। आफूखुसी ड्रप प्रयोग नगर्नुहोस्।
२. मोबाइल र कम्प्युटर प्रयोगमा सावधानी
लामो समय स्क्रिन हेर्दा आँखा कम झिम्किन्छ। २०–२०–२० नियम अपनाउनुहोस् (२० मिनेटमा २० सेकेन्ड, २० फिट टाढा हेर्ने)।
३. चिसो हावा र धुलोबाट जोगिनुहोस्
बाहिर निस्कँदा सनग्लास वा आँखा ढाक्ने चस्मा प्रयोग गर्नु राम्रो हुन्छ। यसले चिसो हावा र एलर्जीजन्य कणबाट जोगाउँछ।
४. आँखामा हात नलगाउनुहोस्
आँखा चिलायो भन्दै बारम्बार हातले मिच्दा संक्रमणको जोखिम बढ्छ। आवश्यक परे सफा पानीले हल्का धोउन सकिन्छ।
५. घरभित्र हावा सन्तुलित राख्नुहोस्
हिटर प्रयोग गर्दा कोठाको हावा निकै सुख्खा हुन्छ। सम्भव भएसम्म पानी राख्ने, humidifier प्रयोग गर्ने वा झ्याल केहीबेर खोल्ने गर्नुहोस्।
६. पोषणयुक्त आहार लिनुहोस्
भिटामिन A, C, E, ओमेगा–३ फ्याटी एसिडयुक्त खाना (हरियो साग, गाजर, माछा, बदाम) आँखाको स्वास्थ्यका लागि उपयोगी हुन्छ।
७. पर्याप्त पानी पिउनुहोस्
जाडोमा तिर्खा कम लागे पनि शरीरमा पानीको कमी हुँदा आँखा पनि सुख्खा हुन्छ। दिनभरि पर्याप्त पानी पिउनुहोस्।
८. एलर्जी बढेमा डाक्टरको सल्लाह लिनुहोस्
लगातार रातोपन, पीडा, दृष्टि धमिलो हुनु, वा धेरै एलर्जी भएमा आँखा विशेषज्ञलाई देखाउनु आवश्यक हुन्छ।
चिसो मौसममा आँखा सुख्खा र एलर्जी सामान्य समस्या हो, तर लापरबाही गरे गम्भीर हुन सक्छ। साना–साना सावधानी र स्वस्थ जीवनशैली अपनाएर आँखालाई सुरक्षित राख्न सकिन्छ। आँखाको समस्या देखिँदा आफैं औषधि प्रयोग नगरी समयमै विशेषज्ञको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित उपाय हो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच