स्रष्टाले सिर्जना गरिसकेपछि त्यसमाथि द्रष्टाले राख्ने दृष्टिकोण समालोचना हो । परम्परागतरूपमा हामीले यही नै बुझ्दै आइरहेका छौँ । कुनै स्रष्टाले आफूलाई लागेको कुरा आफ्नो रुचिको विधामार्फत् अभिव्यक्त गर्छ र उसले अभिव्यक्त गरेर सार्वजनिक बनिसकेको पुस्तक अब उसको अधिनमा हुँदैन । संस्थाले सृष्टि गर्ने हो त्यसमाथि दृष्टि राख्ने द्रष्टाले हो । त्यसकारणले त भनिन्छ कविले कविता लेख्ने हो त्यसको भाव आफैंले अभिव्यक्त गर्दै हिँड्ने होइन । विद्वान्हरूले त्यसमाथि दृष्टि दिएर अर्थ गर्ने हो र त्यसलाई लेखेर अभिव्यक्ति दिएपछि त्यो नै समालोचना हुने हो । सम र आलोचना मिलेर समालोचना शब्द बन्छ ।
कसैको आलोचना गर्नु राम्रो होइन तर साहित्यमा आलोचना पनि गरिन्छ, त्यसमा भएका राम्रा नराम्रा पक्षलाई केलाएर, विश्लेषण गरेर त्यसको अभिव्यक्ति जुन दिइन्छ त्यो नै समालोचना हो । समालोचना स्रष्टालाई अझ सुधार्न, परिष्कार गर्न र परिमार्जन गर्नका लागि हो । त्यसकारणले द्रष्टाले कुनै कृतिमाथि राखेको दृष्टिकोणलाई आत्मसात गर्ने परम्परा यस क्षेत्रमा छ । समालोचनाका सिद्धान्तका आधारमा समालोचना गर्नुपर्छ । त्यसको अर्थ ध्वनि, रस, अलङ्कार, वक्रोक्ति, व्यंग्योक्ति, छन्द आदि यसमा हेर्ने गरिन्छ । जहाँ सर्जकको कमजोरी छ त्यसलाई द्रष्टाले औंल्याइदिने काम गर्छ र राम्रा कुराहरूको खुलेर प्रशंसा गर्छ ।
आगामी दिनमा प्रविधिमैत्री बन्दै समालोचनाहरू लेखियो भने बदलिँदो वातावरणलाई त्यसले समेट्न सक्छ । कृतिकारले आफ्ना कृतिहरूको समालोचनालाई आत्मसात गरी स्रष्टाले दिएका सुझाव र औंल्याएका कमी कमजोरीहरूलाई सुधार्दै लान सक्यो भने भोलिको साहित्यको एउटा फाँट समालोचना निश्चय पनि अझै फराकिलो बन्दै जाने कुरामा विश्वस्त बन्न सकिन्छ ।
यसो गरिएन भने त्यसलाई समालोचना मानिँदैन । समालोचक पूर्वाग्रही हुनुहुँदैन । निकटका मान्छेको प्रशंसा गरेर सगरमाथा चढाउने र मन नपरेको मान्छेको कृतिमाथि विश्लेषण गरेर रसातल खसाल्ने काम ग¥यो भने त्यो द्रष्टा अथवा समालोचक हुन सक्दैन । समालोचना सुधारका लागि गरिन्छ । समालोचनाका वैकल्पिक शब्दहरू अरू पनि छन् । टिप्पणी, अङ्ग्रेजीमा कमेन्ट आदिलाई पनि समालोचना नै मान्ने गरिन्छ तर यस्ता शब्दले समालोचनाको समानार्थी भएर काम गर्न सक्दैनन् । कुनै कुराको छोटोमा दिइने प्रतिक्रिया टिप्पणी हो । अथवा समीक्षा पनि त्यसलाई भन्न सकिएला तर यीभन्दा गहन अर्थबोध गर्ने शब्द समालोचना हुन सक्छ । समालोचना गर्दा त्यसको बाह्य र आन्तरिक पक्षलाई हेर्ने गरिन्छ ।
कृतिको आकारप्रकार, रूपरङ, त्यसको गुणस्तर, छपाइ, प्रयोग गरेको कागज, शुद्धिअशुद्धि, रङ संयोजन आदि कुरा बाह्य दृष्टिकोण हो । आन्तरिक दृष्टिकोणमा भने त्यो कृतिमा भएका ज्ञानगुनका गहिराइहरू नाप्ने काम गरिन्छ । छिपछिपे पानीमा रहेको कृति भए त्यसको आलोचना पनि हुन्छ र गहिराइसम्मको अर्थबोध गर्ने कृति रहेछ भने त्यसको प्रशंसा पनि गर्नुपर्ने हुन्छ । यही आलोचना र प्रशंसाको तराजुमा तौलिएर कृतिलाई सार्वजनिकरूपमा पाठकहरूसामु प्रस्तुत गर्ने काम गरिन्छ ।
अब अहिले आएर हिजोको परम्पराभन्दा पृथक् शैली अपनाएर समालोचना गर्नुपर्ने हुन्छ । समालोचक आफैं साहित्यकार हो कि होइन भन्ने प्रश्न उठिरहेका सन्दर्भमा त्यसलाई एकातिर साहित्यकार भए पनि नभए पनि ऊ कृतिकार हुन सक्छ र उसका समालोचनाहरूले कृतिको स्वरूप ग्रहण गर्दछ । जसले गर्दा ऊ लेखक भने निश्चय पनि हो । समालोचकले पूर्वाग्रहबाट जोगिन सक्नुपर्छ । अन्य विभिन्न क्षेत्रमा जस्तै साहित्यमा पनि आधुनिकताले गाँजेको छ । साहित्यका विभिन्न फाँटहरूमा जसरी कृत्रिमताले अँगालो हालेको छ त्यो समालोचनामा पनि लागू भएकै छ । त्यसकारणले आगामी दिनहरूमा अबका समालोचनाहरू पनि हिजोका जस्ता कागजीमात्रै नहोलान्, रेडियो अडियोबाट मात्र नभएर टेलिभिजनहरूबाट समेत हालका दिनहरूमा कृतिका विश्लेषणहरू हुने गरेका छन् ।
कुनै लेखकको नयाँ कृति आयो भन्ने सूचनामूलक टिप्पणीमात्र समालोचना होइन । ती कुराहरू पत्रिकाका माध्यमबाट, रेडियोका माध्यमबाट, टेलिभिजनका माध्यमबाट तथा अनलाइनहरूका माध्यमबाट दिने गरिएकै छ तर अब त्यस्ता समालोचनालाई विस्तारितरूपमा लिखितभन्दा प्रसारणकै माध्यमबाट अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । यसो भयो भने पाठकले उक्त रचना पढ्नुका साथै सुनेर पनि त्यसको अर्थबोध गर्न सक्ने हुन्छ । यात्रामा छँदा प्रविधिबाट सुन्दै त्यस यात्रालाई सदुपयोग गर्न सक्छ तर द्रष्टाले भने पढ्नैपर्ने हुन्छ । कृति नपढी त्यसको विश्लेषण गर्नु कृतिमाथि अन्याय हुन जान्छ । कृति पढेर, त्यसको भावार्थ बोध गरेर त्यसमा भएका कमी कमजोरीहरूलाई सुधार्ने सल्लाह, सुझावसहित द्रष्टाले स्रष्टालाई त्यसको सूचित गर्नुपर्ने हुन्छ ।
आगामी दिनमा प्रविधिमैत्री बन्दै समालोचनाहरू लेखियो भने बदलिँदो वातावरणलाई त्यसले समेट्न सक्छ । कृतिकारले आफ्ना कृतिहरूको समालोचनालाई आत्मसात गरी स्रष्टाले दिएका सुझाव र औंल्याएका कमी कमजोरीहरूलाई सुधार्दै लान सक्यो भने भोलिको साहित्यको एउटा फाँट समालोचना निश्चय पनि अझै फराकिलो बन्दै जाने कुरामा विश्वस्त बन्न सकिन्छ । समालोचना जति तिखो भएर आउन सक्यो स्रष्टाहरूको सिर्जना सोहीरूपमा तिखो हुँदै जाने कुरा निर्विवाद छ । द्रष्टाले जति तीक्ष्ण टिप्पणी गर्न सक्छ सोहीरूपमा साहित्यको फाँट पनि हराभरा बन्दै त्यसले अझै उज्ज्वल भविष्य निर्माण गर्न सक्छ भन्ने कुरामा विश्वस्त रहन सकिन्छ ।
यसका लागि पूर्वाग्रहरहित दृष्टिकोण राख्नु, राम्ररी पढेरमात्र विश्लेषण गर्नु, लेखकलाई हेरेर होइन लेखकको कृतिलाई हेरेर विश्लेषण गर्नु र आफ्नो कपोलकल्पित व्याख्या नभई यथार्थ विश्लेषण गर्न सक्यो भने निश्चय पनि त्यो समालोचना यथार्थ बन्न सक्छ, सफल बन्न सक्छ । यसतर्फ आगामी एक दशकसम्मका स्रष्टाहरूले अहिलेको समालोचनाको स्वरूप यसरी फेर्न सक्छन् तर यसका लागि हिजोको परम्परागत लेखन पद्धतिलाई परिवर्तन गरी प्रसारण हुने खालको समालोचकीय पद्धतिको अवलम्बन गर्नुपर्ने आवश्यकता हुन्छ । (लेखक घिमिरे हिटाका नियमित स्तम्भकार हुनुहुन्छ ।)







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम