जीवको महत्व नै जीवन बीमा हो, जसले हरेक परिस्थितिमा साथ र सहयोग प्रदान गरिरहेको हुन्छ । मानव जीवनको पाहिल्यैपिच्छे भर नभएको जिन्दगीको भरणपोषणयुक्त जसले काम गर्दछ, उसलाई जीवनबीमाको आवश्यकता पर्दछ । कुनै पनि वस्तु दीर्घायु हुँदैन, सीमित अवधिका लागि मात्र हुन्छ । सो अवधिमा हुन आउने भइपरी परिस्थिति र घटनासँग हातेमालो गर्ने भनेको नै जीवन बीमाले हो । त्यसैले मानिसको मूल्य निर्धारण गर्न सिकँदैन तर जसले जीवन बीमा गर्दछ वा अन्य कुनै वस्तुको बीमा हुन्छ त्यसको मूल्य निर्धारण हुन्छ । तर, बीमितको निधारित मूल्य एकबाट अर्कोमा स्थान्तरण हुँदैन । बीमा भनेको तीन प्रकारको हुन्छ : जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा । जीवन बीमाले मानिसको मात्र बीमा गर्दछ भने निर्जीवन बीमाले निर्जीवित वस्तु वा सम्पत्ति लगायतको बीमा गरी सेवा प्रवाह गर्दछ । जीवन बीमा र निर्जीवन बीमा दुवैको दायित्व बोध गर्दै हुने बीमालाई पुनर्बीमा भनिन्छ । यी सबैलाई नियमन, नीति, सबलीकर र नियन्त्रण गर्ने निकाय भनेको नेपाल बीमा प्राधिकरणले गर्ने गर्दछ ।
बीमा गर्नु भनेको खर्च होइन, उत्पादन र प्रगतिशील कार्यमा सुरक्षित बचत हो । बीमालाई अन्य व्यवसाय तुलना गर्न मिल्दैन । सुरक्षित, प्रतिफलयुक्त र स्रोतमुखी संरक्षण नै जीवनको मूल आधार हो । जीवनको मूल्य कही पनि तोकिएको हुँदैन, जसले जीवनको मूल्य तोकिदिएको हुन्छ, उसको जीवन सुरक्षित र आर्थिक समुन्नतिमा अग्रसर भइरहेको हुन्छ । संसारमा को मानिस गरिब, को मानिस धनी हो भनी बीमाले वर्ग विभाजन गर्दैन । उसको आयस्रोतको आधारमा र समानताको आधारमा बीमा गराउँछ । त्यसै बीमा धनी हुन गरिने कुनै करार होइन, गरिब हुनबाट बच्ने हो ।
‘आजको बचत भोलिको उज्ज्वल भविष्य’
नेपालमा रहेका बीमा कम्पनीहरूको काम, कर्तव्य, अधिकार र क्षेत्राधिकार सबैको समान रहेको छ । बीमा गर्दा जान्नै पर्ने महत्वपूर्ण कुराहरू बोनस दर ऐछिक सुविधाहरू १४ वटा जीवन बीमा बीमकको हकमा सबै कम्पनीको पोलिसीहरूमा बोनस दर र विशेषता फरक-फरक हुनेगर्छ । हामीले गर्ने बचतसँगै जोखिमबापत ऐच्छिक सेवासुविधा पनि खरिद गर्नुपर्दछ । पोलिसी खरिद गर्नु अगाडि बीमितले पूर्णरूपमा बुझेर बीमा गर्नु आवश्यक छ । कसैको करमा होइन रहरमा बीमा गरौँ ।
यदि बीमा तत्कालै अप्रिय घटना घटिहाल्छ भनेर पनि होइन, कोही अजम्बरी छु भनेर पनि होइन । आफ्नो व्यक्तित्व विकास आफैँमा आत्मनिर्भर र परिवारको भइपरी आउने मानवीय जीवनमा क्षति हस्तान्तरणका लागि आश्रित परिवारमाथि आर्थिक भार नपरोस् भनेर गर्नु आवाश्यक छ । आफू छँदा जुन स्तरमा जीवनमा आफ्ना परिवार अगाडि बढिरहेको हुन्छ त्यो जीवनपर्यन्त कमी नहोस् भन्न हो ।
ऋण-धन व्यावसायिक गर्दै जाँदा सबैको हुन्छ । आपत्कालीन दिनहरूका पीडामा सान्त्वना सबैले देलान् तर आर्थिक भार उठाउने भनेको मात्रै बीमा कम्पनीले हो । स्वस्थ्य, आर्थिक पक्षा सबल हुँदै स्तर-अनुसारको बीमा-पोलिसी खरिद गदा फदमयी हुनेछ । प्रायः हामी नेपालीहरूको यस्तो बुझाइ छ कि, आफैँ नभएपछि किन चाहियो पैसा ? त्यसो भए हिँड्दै गर्दा आफ्ना सन्तान लिएर घरबाहिर निस्कँदा, हातले डोर्याउँदा सुरक्षिततर्फ ताकी गाडीबाट सुरक्षित साइटपट्टि हामी नहुँदा कसले डो¥याउला ? घरबाट हप्ता दिनको लागि आफैँ कतै यात्रा गर्दै छौँ भने ती दिनहरूमा पुग्ने सबै आवश्यकताहरू संकलन गरी पुग्ने रकमहरू छोडेर जान्छौँ भने सधैँका लागि छोडेर जाँदा के छोडेर जाने ? उच्च गुणस्तर शिक्षाको जिम्मेवारी कसलाई सुम्पने ? ‘आजको अनिवार्य बचत, भोलिको उज्ज्वल भविश्य’ घरमा हेर्छौं भने कहिलै प्रयोगमा नआउने अनावश्यक महँगो जिन्सी समान दराज भरी देख्न सक्छौँ । त्यो कहिलै सदुपयोगमा आउँदैन, न समस्यामा बिक्री गर्न नै मिल्छ ।
बचतबाहेक अन्य खर्च भोजपाटी-सपिङ अन्य फजुल खर्चका लागि कसैसँग सल्लाह गर्नु आवश्यक ठान्दैनौँ । तर, बीमाको कुरा आउँछ परिवार सदस्यसँग सल्लाह गर्नुपर्छ, अब सल्लाह गर्दागर्दै सल्लाह गर्नेको उमेर ६५ वर्ष बितिसक्छ । अनि बीमा पोलिसी खरिद गर्न मिल्ने छैन ।
अनिवार्य बचत : बीमामा करार अवधि हुन्छ, त्यसैलाई अनिवार्य बचत भनिन्छ । सर्वोत्तम बचत : सुरक्षित बचत भनेको सर्वोत्तम बचत हो । थोरै लगानीमा धरै प्रतिफलका आधार स्तम्भ मानव जीवनमा निर्धारण भएको हुन्छ । जोखिम बहन तथा बीमक र बीमितको करार रहेको हुन्छ । जीवन बीमा भनेको बीमा गराउने व्यक्तिको जीवनलाई आधार बनाएर भविष्यमा आउने जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्ने एउटा व्यवस्था हो । बीमा लेखधारीले आफ्नो जीवनका लागि बीमा योजना लिन्छ । जसको लागि उसले बीमा कम्पनीलाई निश्चित समयावधिसम्म प्रिमियम तिर्नुपर्छ । जीवन बीमा एउटा सम्झौतापत्र हो, जसले परिवारलाई आर्थिक सहायता दिन्छ र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्छ ।
बचतसहितको जीवन बीमा
यो बीमा योजनामा बीमा एक निश्चित अवधि पूरा भएपछि बीमांक र बोनश रकमसहित फिर्ता हुन्छ । यसमा जीवन बीमाको सुरक्षा र बचत दुवै हुन्छन् ।
आर्थिक सुरक्षा : जीवन बीमाको प्रमुख उद्देश्य परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो । बीमितको मृत्यु भएमा, परिवारले दैनिकी खर्च धान्न, बालबालिकाको शिक्षामा लगानी गर्न, स्वास्थ्य सेवामा ध्यान दिन र अन्य आवश्यकता पूरा गर्न बीमांकित रकम प्रयोग गर्न सक्छन् । यसले परिवारलाई अकस्मात आएको आर्थिक संकटबाट बचाउन सहयोग गर्छ । जीवन बीमाले दीर्घकालीन बचतको रूपमा काम गर्दछ ।
शैक्षिक योजना : जीवन बीमाले परिवारका बालबालिकाको शिक्षा पूरा गर्न ठूलो भूमिका खेल्छ । बीमितको मृत्यु भएमा, बीमांकित रकम र बोनसले बालबालिकाको उच्च शिक्षामा प्रयोग गर्न सकिन्छ, जसले परिवारलाई आर्थिक सहयोग पुर्याउँछ र बालबालिकाको भविष्य सुरक्षित र राख्न मद्धत गर्छ ।
कर लाभ : नेपालमा जीवन बीमा योजनामा गरिएको लगानीमा सरकारबाट कर छुटको व्यवस्था छ । बीमितले आफ्नो आयकरमा छुट प्राप्त गर्न सक्छन्, जसले जीवन बीमालाई एक राम्रो लगानीको माध्यम बनाएको छ । कर छुटको साथसाथै भविष्यका लागि बचत पनि हुने भएकाले यो एकदमै लाभदायक योजनामा पर्दछ ।
स्वास्थ्य बीमा र अन्य लाभ : जीवन बीमा पोलिसी खरिद गर्दा अधिकतम ५० लाख स्वास्थ्य बीमा गर्दा र दुर्घटना एक करोडसम्मको बीमा अन्य लाभहरू पनि प्रदान गर्छ । बीमितले दुर्घटना वा अन्य स्वास्थ्यसम्बन्धी समस्यामा आर्थिक सहयोग प्राप्त गर्न सक्छन् । यसले जीवनका अनिश्चित अवस्थाहरूमा अतिरिक्त सुरक्षा प्रदान गर्छ । जीवन बीमा दीर्घकालीन सुरक्षाको एउटा सशक्त माध्यम हो । आगामी दशक जीवन बीमा कम्पनीहरूले कूल जनसंख्याको शतप्रतिशतलाई समेट्न सकोस् । नेपाल सरकारले यस विषयमा गम्भीरताका साथ कानुन निर्माण गरी जीवन बीमाको पनि स्तर अनुसारको सबै नेपालीलाई बीमाको दायरमा ल्याउने अवसर प्रदान गरोस् । (लेखक श्रेष्ठ हिमालय टाइम्सका संवाददाता हुनुहुन्छ ।)






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…