शिक्षा मानव जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । यसै तथ्यका आधारमा आज पनि कुनै न कुनै रूपले प्रत्येक क्षणमा केही न केही नयाँ कुरा सिकिनै रहेको हुन्छ । चाहे घर घरायसीका व्यावहारिक कुरा हुन वा सामाजिक पक्ष किन नहुन त्यहाँ उसले सिक्ने र बुुझ्ने अवसर पाइनै रहेको हुुन्छ । यसरी सिकाउने र सिकिने प्रक्रियालाई नै शिक्षा हो भनेर भनिने गरिन्छ । यसरी सिक्ने र सिकाउने काम अनन्त कालसम्म रहिरहने छ ।
समाज रूपान्तरणका लागि सोही अनुुरूपको चेतना, ज्ञान र विचारको खाँचो छ । समय र परिस्थिति अनकूलको ज्ञान उत्पादन र उपयोगले मात्र व्यक्ति, समुदाय र राष्ट्रको विकास हुने हो । विद्यालय वा विश्व विद्यालयको स्थापना यही उद्देश्य पूर्तिका लागि नै हो । नेपालमा अहिले झण्डै दुुई दर्जनभन्दा बढी विश्व विद्यालय र हजारौँका संख्यामा विद्यालयहरू खोलिएका छन् । यी सबै शिक्षण संस्थाहरूको अध्ययन अध्यापनको काम नै प्राज्ञिक ज्ञान उत्पादन गर्नु हो । यी सबै शिक्षण संस्थाहरू औपचारिक कक्षा सञ्चालनमा सीमित छन । ती केटाकेटीहरू व्यावहारिक ज्ञान र सीपबाट विमुख छन् र तीनले जीवनपयोगी ज्ञान र सीप पाइरहेका छैनन् ।
आजको संसार नयाँ, प्रविधि र ज्ञानको खोजीमा तल्लीन छ । भोलिको विश्व प्रतिस्पर्धामा निक्कै अगाडि फड्को मार्नुुपर्ने बेलामा हामी भने अझै यथास्थितिको प्रमाणपत्र केन्द्रित मानसिकतामा अड्किएका छौँ । शैक्षिक उपलब्धिबाट प्राप्त हुनुपर्ने ज्ञान र व्यावहारिक सीप कति बढ्यो भन्नुपर्नेमा उही पुरानै ढर्राको प्रमाणपत्रमुखी धारणामा अल्मिलिएका छौँ ।
शिक्षा मानव जीवनको मूल आधार हो । यसैको आधारमा समाज डोरिने हो । कुनै पनि देशको विकासको मापन त्यस देशको शिक्षा व्यवस्था कस्तो छ भन्ने विषयबाट हुन्छ । नेपाल समाजिक, राजनीतिक र आर्थिक समृद्धितर्फ नलाग्नुुको मूल कारण शैक्षिक गुणस्तर कमजोर हुनु हो । हुन त हाम्रो शिक्षाको इतिहास केलाउँदा प्राचीन कालदेखि नै शिक्षाको सुरुवात भएको पाइन्छ । त्यो बेलाका ऋषिमुनि, तपस्वीहरूबाट शिष्यहरूलाई आश्रममा राखेर अध्यापन कार्य उपदेश, ज्ञानको रूपमा सिकाइने गरिन्थ्यो । यस किसिमको शिक्षा सीमित समुदायले मात्र पाउँदथे । गुरुकुल शिक्षा प्रणाली लामो समयसम्म नै चलेको थियो । यसरी मानव चेतनासँगै शिक्षाले इहलोक र पारलौकिक जीवनको सुखानुुभूति गराउँदै आएको पाइन्छ ।
आजको संसार नयाँ, प्रविधि र ज्ञानको खोजीमा तल्लिन छ । भोलिको विश्व प्रतिस्पर्धामा निक्कै अगाडि फड्को मानुु पर्ने बेलामा हामी भने अझै यथास्थितिको प्रमाणपत्र केन्द्रित मानसिकतामा अडकिएका छौँ । शैक्षिक उपलब्धिबाट प्राप्त हुनुपर्ने ज्ञान र व्यावहारिक सीप कति बढ्यो भन्नुपर्नेमा उही पुरानै ढर्राको प्रमाणपत्रमुखी धारणामा अल्मिलिएका छौँ । परिणामत हाम्रा केटाकेटीको मौलिक स्वरूप नै कमजोर हुने डर पैदा भएको छ । यसर्थ हाम्रो शिक्षानीति कार्यक्रम र व्यवस्थामा सुधार ल्याएर आगामी दशकपछिको सोचलाई समेत प्रवद्र्धन गर्न नवप्रवर्तनमुखी शिक्षा प्रणालीको आवश्यकता देखिन्छ । शिक्षा केवल जानकारी लिने कुरा मात्र नभएर नयाँ ज्ञान, सीप र प्रवृत्ति विकास गर्ने नवप्रवर्तनकारी शिक्षा चाहिन्छ ।
शिक्षाले कोरा ज्ञान, सिद्धान्तका कुरा सिकाएर मात्र हुँदैन भविष्यको लामो बाटो देखाउन सक्नुपर्दछ । तीनका निम्ति समालोचनात्मक सोच, कार्यमूलक व्यावहारिक ज्ञान, सिर्जनशीलता, सहकार्य, सहअस्तित्व, मिलनसारिता आदि गुणयुक्त शिक्षा चाहिन्छ । एक ठाउँमा अलवर्ट आइन्स्टाइनले भनेका छन् शिक्षा तथ्य याद गर्ने कुरा मात्र होइन सोच्ने क्षमताको प्रशिक्षण पनि हो । यसरी हाम्रो शिक्षा पनि परम्परागत ज्ञानभन्दा माथि उठी समय सन्दर्भ बन्नुपर्ने जरुरी छ । यसले विद्य्रार्थीलाई जिज्ञासुु अनुुसन्धानकारी साथै नवप्रर्वतनमा प्रेरित गर्दछ । यसैभित्र समस्या समाधान गर्ने क्षमता, कुशल चरित्र, नेतृत्वको क्षमता र मानवीय सम्वेदना प्राप्त हुन सक्दछ ।
आज साना कक्षामा अध्ययनरत केटाकेटी भोलि १० वर्षपछि विभिन्न क्षेत्रका विभिन्न ठाउँमा जिम्मेवारी समाल्ने हुन्छन् । आज तिनले सही ज्ञान, सीप र प्रवृत्ति विकास गरी सचरित्रवान गुणवान हुँदै गए भने भोलिको देश निर्माण अवश्यभावी छ । कक्षा कोठामा अध्ययनरत केटाकेटी जो छन् तिनले उपयुुक्त वातावरणमा स्वतन्त्ररूपले सोच्ने प्रश्न गर्ने र सिर्जनशीलताको विकास गर्ने सहक्रियाकलापप्रति अभिरुचि राख्ने अवसर पाउन सक्नुपर्दछ । शिक्षा क्षेत्रलाई साहसिक कदम चाली सुधारका कार्य अगाडि नबढाए अब आउने नयाँ पुस्ता पनि डिग्रीधारी बेरोजगारीको पहाड बन्नेछन् ।
शिक्षामा पनि पुस्तान्तरणको चर्चा निक्कै छ । पुस्ता बदलिनु र विचार पनि बदलिनु पुरानो पुस्ताप्रतिको फरक धारणा राख्नु यी कुनै नौला कुरा होइनन् । हाम्रो पुस्ताले पनि हामीमाथिको पुस्ताबीच यस्तै व्यहोरा व्यहोर्दै आएका हौँ तर फरक के छ भने अबको भावी पुस्ता हिजोका र आजका पुस्ताभन्दा फरक हुनेछन् । यिनलाई अबको यथास्थितिको कुनै पनि व्यवहार तिनका लागि नसुहाउने र अमिल्दो देखिन्छन् । यसर्थ अबका शिक्षा नीति निर्मातालाई आगामी १० वर्ष वा त्यसभन्दा पनि पछिका समयसम्म उपयोगी र व्यावहारिक जीवनोपयोगी शिक्षा प्रणाली निर्माण गर्न आवश्यक देखिन्छ ।
पहिलेका पुस्ताले पढ्ने गरेका विद्यालयभन्दा आजका पुस्ताले पढ्ने विद्यालय र पढ्ने ढंग फरक छ । नीति तथा हरेक कार्यक्रममा बदलाव आएको छ । शैक्षिक प्रक्रियामा पनि बदलाव आएको छ । विद्यालय तह पार गर्दा साथ आजका पुस्ता कामको खोजीमा देश तथा विदेश भौँतारिने गरेका छन् । अबको भावी पुस्तालाई स्वदेशमै बसी पढ्ने र रोजगारीको व्यवस्था मिलाउने काम राज्यले गर्नुपर्ने हुन्छ ।
हाल विद्यालयको समस्याका रूपमा रहेको विद्यालय छाड्ने प्रवृति (उच्च ड्रप आउट) दर खस्कँदो छ र त्यहाँ गुुणस्तर वा असमानता तथा शिक्षकहरूको अक्षम्यतालाई पूर्ण स्वचालनको आधारमा एआईको प्रयोगमार्फत गर्न सकिने अनुुमान गर्न सकिन्छ । सन्तुलित दृष्टिकोणले वर्तमान अन्योललाई सम्बोधन गर्दै नयाँ विधि र प्रविधितर्फ उन्मुुख भई नैतिक मापदण्ड, मानवीय स्वायत्तता र समावेशीतालाई पनि स्वीकार्दै हाम्रा जस्ता मुलुुकले पनि एआईलाई एक दशकभित्र सशक्तिकरणको माध्यम बनाउन सकिने अनुमान गर्न सकिन्छ ।
सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयमा विद्यार्थी संख्या निक्कै बढिरहेका छन् । यसको समाधान गर्न सामुदायिक विद्यालयको व्यवस्थापनमा सुधार ल्याउनुु जरुरी छ । सामुुदायिक विद्यालयका प्रअलाई व्यवस्थापनसम्बन्धी तालिम, साथै प्रअ र शिक्षकहरूलाई गुणस्तरीय शिक्षाका लागि तालिम र आधुुनिक प्रविधिसम्बन्धी ज्ञानको अति आवश्यक देखिन्छ । जनसांख्यिक संरचनामा आएको परिवर्तनलाई ख्याल गरी विद्यालयको आवश्यकतासम्बन्धी अध्ययन गरी भौगोलिक नक्साकंन गरी केही दशकसम्म खपत हुने सोचले विद्यालय स्वीकृत दिइनुु पर्दछ । विद्यालय शिक्षामा उद्यमशील सम्बन्धित पढाइ र सीप सिकाइ व्यवस्था हुनुु जरुरी छ । भोलि आफैँले अवसरको खोजी गर्ने र स्वउद्यम सञ्चालन गर्ने सोचको विकास गर्ने र स्वरोजगार र स्वाबलम्बन बन्ने शिक्षाको प्रबन्ध हुनुु नै देशका लागि वर्तमान र भविष्यको सही बाटो हुुनेछ ।
आधुुनिक डिजिटल प्रणालीले केटाकेटीलाई समय सापेक्ष प्रविधिसँग जोडेर गुुणस्तरीय शिक्षा प्रदान गर्ने दूरगामी शिक्षा प्रणालीको तर्जुुमा गर्नुु जरुरी छ । कृतिम बौद्धिकता (एआई) उपकरणको आगमनले शिक्षालाई कसरी कुन बाटोतर्फ लग्ने हो । यस विषयलाई पनि मध्यनजर राखी एक दशक लामो खपत हुने शिक्षा नीतिको खाँचो देखिन्छ । एआई खासगरी विकसित मललुुकमा दैनिक शैक्षिक जीवनको अभिन्न अंग बनिसकेको छ । सन् २०२५ को शैक्षिक वर्षदेखि प्राथमिक र माध्यमिक पाठ्यक्रममा अनिवार्य लागू गर्ने नीति लिइसकेको छ । सन् २०३० सम्म सबैमा लागू गर्दै छ ।
अमेरिकाको सेन्टरफर डेमोक्रेसी एण्ड टेक्नोलोजीले गरेको एक अध्ययनअनुुसार कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयहरूमा शैक्षिक वर्ष २०२४ र २०२५ मा करिब ८५ प्रतिशत शिक्षक र ८६ प्रतिशत विद्यार्थीले आफ्नो शिक्षण सिकाई क्रिया कलापमा एआई प्रयोग गर्ने गरेका छन् । यसरी विश्वमा शैक्षिक परिदृश्यमा दु्रतगतिले फेरबदल हुँदै आएको छ ।
हाल विद्यालयको समस्याका रूपमा रहेको विद्यालय छाड्ने प्रवृति (उच्च ड्रप आउट) दर खस्कँदो छ र त्यहाँ गुुणस्तर वा असमानता तथा शिक्षकहरूको अक्षम्यतालाई पूर्ण स्वचालनको आधारमा एआईको प्रयोगमार्फत गर्न सकिने अनुुमान गर्न सकिन्छ । सन्तुलित दृष्टिकोणले वर्तमान अन्योललाई सम्बोधन गर्दै नयाँ विधि र प्रविधितर्फ उन्मुुख भई नैतिक मापदण्ड, मानवीय स्वायत्तता र समावेशीतालाई पनि स्वीकार्दै हाम्रा जस्ता मुलुुकले पनि एआईलाई एक दशकभित्र सशक्तिकरणको माध्यम बनाउन सकिने अनुमान गर्न सकिन्छ । (लेखक गौतम पूर्व शिक्षा अधिकारी, पद्मोदय माविका पूर्व प्राचार्य तथा शिक्षा क्षेत्रका विज्ञ लेखक हुनुहुन्छ ।)







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र