नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्सले ३० वर्षको यात्रा पूरा गरेको छ । यो केवल पत्रिकाको वार्षिकोत्सव मात्र होइन, नेपाली पत्रकारिताको आधुनिक इतिहासमा एक महत्वपूर्ण मोड पनि हो । १९०१ सालमा गोरखापत्रले नेपाली भाषाको पहिलो सरकारी पत्रिका सुरु गरेपछि प्रेसको विकास ढिलो गतिमा भए पनि, १९९० को जनआन्दोलन र नयाँ संविधानपछि मात्र निजी पत्रिकाले स्वतन्त्र पत्रकारिताको स्वाद चाख्न पाए ।
त्यो लोकतान्त्रिक परिवेशमा जन्मेका अग्रणी राष्ट्रिय दैनिकमध्ये हिमालय टाइम्स पनि एक हो, जसले तीन दशकमा आफ्नै इतिहास कोरेको छ । पञ्चायत कालमा सरकारी नियन्त्रणमा रहेका सञ्चार माध्यमहरूलाई चुनौती दिँदै, हिमालय टाइम्सले प्रतिस्पर्धी बजारमा उभिएर नागरिक समाजको आवाजलाई बलियो बनायो र लोकतान्त्रिक अभ्यासलाई प्रवद्र्धन गर्यो ।
नेपाली पत्रकारिताको विकासमा कानुनी स्वतन्त्रता, निजी क्षेत्र र एनजिओको लगानी, विज्ञापन बजारको विस्तार, सञ्चार उपभोक्ताको वृद्धि र नेपाली भाषाको सुदृढीकरण मुख्य कारक बनेका छन् । हिमालय टाइम्सले यी अवसरहरू प्रयोग गर्दै कमजोर पक्षसँग जुधेको छ र आफ्नो पहिचान ‘प्रो-डेमोक्रेसी, प्रो-नेसन’ पत्रिका भनेर स्थापित गरेको छ ।
३० वर्षको यात्रामा हिमालय टाइम्सले अनेक चुनौती झेलेको छ । कागजको मूल्यवृद्धि, विज्ञापन बजारको संकुचन, माओवादी द्वन्द्व र आपतकालको छायाँ, अनि अनलाइन तथा सामाजिक सञ्जालको बढ्दो प्रभाव । यी सबै परिस्थितिमा निजी लगानीमा सञ्चालित हिमालय टाइम्सले निरन्तर सुधार र टिकाउको मार्ग अपनाउँदै आफ्नो पहिचान बनायो ।
संस्थापक उज्ज्वल शर्माको नेतृत्वमा पत्रिकाले कठिनाइको सामना गर्दै सुधार र परिपक्वता हासिल गरेको छ । विज्ञापन, वितरण र प्राविधिक पूर्वाधारदेखि दैनिक व्यवस्थापनसम्म उनले पत्रिकालाई लगातार अघि बढाइरहे । यही कारण हिमालय टाइम्स आज नेपाली निजी राष्ट्रिय दैनिकको महत्वपूर्ण स्तम्भ बनेको छ ।
प्रधानसम्पादक प्रा. पुरुषोत्तम दाहालको नेतृत्वले पत्रिकाको भाषा, शैली र दृष्टिकोणमा परिपक्वता ल्याएको छ । उनी राष्ट्रिय पत्रकारिताका अनुभवी व्यक्तित्व हुन्, जसले पत्रकारितालाई केवल समाचार छाप्ने उद्योग होइन, समाजका प्रश्न सोध्ने, सत्ता जवाफदेही बनाउने र वञ्चित समूहको पक्षमा उभिने नैतिक अभ्यासको रूपमा हेर्छन् ।
हिमालय टाइम्सले राजनीतिक अस्थिरता, संविधानिक द्वन्द्व, माओवादी द्वन्द्व, शान्ति प्रक्रिया, संघीयता, आर्थिक संकट, भूकम्प र महाविपत्तिसम्मका घटनाहरूलाई मात्र रिपोर्ट गरेन; यसले इतिहासमा रहेका परिवर्तनलाई दस्तावेजिकृत गरेको छ । तीन दशकमा लेखिएका सम्पादकीय र विश्लेषणात्मक सामग्री दशकौँपछि पनि ऐतिहासिक प्रमाण बन्नेछन् ।
नेपाली पत्रकारिताको विकासमा कानुनी स्वतन्त्रता, निजी क्षेत्र र एनजिओको लगानी, विज्ञापन बजारको विस्तार, सञ्चार उपभोक्ताको वृद्धि र नेपाली भाषाको सुदृढीकरण मुख्य कारक बनेका छन् । हिमालय टाइम्सले यी अवसरहरू प्रयोग गर्दै कमजोर पक्षसँग जुधेको छ र आफ्नो पहिचान ‘प्रो–डेमोक्रेसी, प्रो–नेसन’ पत्रिका भनेर स्थापित गरेको छ ।
विदेशमा फैलिँदै गएको नेपाली पत्रकारिताका लागि हिमालय टाइम्सले महत्वपूर्ण मार्गदर्शन गर्नसक्छ । तथ्य जाँच, संस्थागत संरचना, सम्पादकीय नीति, भाषा र शैली– यी सबै विदेशमा काम गर्ने नेपाली मिडियाका लागि आदर्श अभ्यास बन्नसक्छ । आगामी दशकमा डिजिटल पत्रकारिता, कृत्रिम बुद्धिमत्ता र डेटा पत्रकारिता प्रविधिमा आधारित हुनेछ, र विदेशमा बसेर नेपालसँग डिजिटल संवाद गर्ने गतिविधि बढ्नेछ ।
यता, विदेशमा फैलिँदै गएको नेपाली पत्रकारिता पनि आगामी १० वर्षमा कता जाने हो, र त्यहाँ हिमालय टाइम्सजस्तो राष्ट्रिय दैनिकको अनुभवले के सिकाउँछ ? आज संघीय नेपालमा बस्ने तीन करोड नेपालीमध्ये करिब एक करोड नेपाली विश्वभर फैलिएका छन् । कतार, युएई, मलेसिया, कोरिया, जापान, युरोप, अमेरिका, अष्ट्रेलिया, युकेदेखि अफ्रिकी मुलुकसम्म हरेक ठाउँमा नेपाली समुदाय, क्लब, मिडिया समूह र पत्रकारहरूको नेटवर्कहरू विकसित भइरहेका छन् । नेपाल पत्रकार महासंघ स्वयंले नेपालभित्र र विदेशमा काम गर्ने पत्रकारलाई प्रतिनिधित्व गर्छ, र युके, अमेरिका जस्ता देशमा शाखा-संरचना बनाइसकेको छ ।
यता, अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका लगायतका विभिन्न संघसंस्था पनि नेपाली पत्रकारिता र पत्रकारको लागि काम गरिरहेका छन् र यो क्रम विस्तार हुँदै छन् । नेपालबाहिर पनि नेपाली थुप्रै अनलाइदेखि प्रिन्टसम्मका पत्र पत्रिकाको प्रकाशन बढ्दै गएको छ तर चुनौतीका रासहरू कति छन् छन् । यसले के देखाउँछ भने, आगामी दशकमा ‘विदेशको नेपाली पत्रकारिता’ छुट्टै शक्ति केन्द्रका रूपमा उभिनेछ ।
प्रविधिको दृष्टिले हेर्दा अगामी १० वर्ष डिजिटल पत्रकारिताको, अनि कृत्रिम बुद्धिमता र डेटा पत्रकारिताको दशक हुनेछ । विदेशका नेपाली पत्रकारहरू अब केवल ब्लग वा फेसबुक पेजका प्रशासक मात्र रहने छैनन्; उनीहरू बहुभाषिक पोर्टल, युट्युब टेलिभिजन, पोडकास्ट, डिजिटल म्यागजिन, डकुमेन्ट्री सिरिज, अनलाइन रेडियो, टक सो जस्ता बहुमाध्यमीय उत्पादनतर्फ बढी उन्मुख हुँदै छन् । विदेशमा बसेर नेपालका राजनीतिज्ञ, व्यवसायी, कलाकारसँग डिजिटल संवाद गर्ने, दूतावास, कन्सुलेट, श्रम दूतावास, एयरलाइन्स, रेमिटेन्स कम्पनी, इन्टरनेसनल एनजिओजस्ता संस्थासँग प्रश्न गर्ने परिपाटी बढ्दै जानेछ ।
नेपालभित्र विकसित भएको ‘सन्तुलित, सुबोध, व्यावसायिक नेपाली’ भाषाशैलीलाई विदेशको नेपाली पत्रकारिताले अपनाउन सके, ती माध्यमहरू अझ विश्वसनीय बन्न सक्छन् । विदेशको नेपाली पत्रकारिताले आगामी दशकमा तीनवटा ठूलो जोखिमसमेत सामना गर्नुपर्ने देखिन्छ ।
यस्तो अवस्थामा हिमालय टाइम्स राष्ट्रिय दैनिक जस्ता ‘घरभित्रका’ संस्थाले के सिकाइ दिन सक्छन् त ? पहिलो, तथ्य जाँचको अनुशासन । सामाजिक सञ्जालको वेगसँग प्रतिस्पर्धा गर्न खोज्दा पनि हिमालय टाइम्स राष्ट्रिय दैनिकले तीन दशकसँगै विकसित गरेको तथ्य-पुष्टि र स्रोत-भेरिफिकेसनको परम्परा विदेशका नेपाली मिडियाका लागि आदर्श हुनसक्छ । दोस्रो, संस्थागत संरचना र सम्पादकीय नीति । व्यक्तिमा भरपर्नेको सट्टा संस्थागत संरचना, सम्पादकीय बोर्ड, आचारसंहिता, विज्ञापन–सम्पादकीय विभाजन, हितसम्पर्क-घोषणाजस्ता अभ्यास विदेशका डिजिटल मिडियामा पनि लागू हुनुपर्छ । तेस्रो, भाषा र शैली । नेपालभित्र विकसित भएको ‘सन्तुलित, सुबोध, व्यावसायिक नेपाली’ भाषाशैलीलाई विदेशको नेपाली पत्रकारिताले अपनाउन सके, ती माध्यमहरू अझ विश्वसनीय बन्न सक्छन् ।
विदेशको नेपाली पत्रकारिताले आगामी दशकमा तीनवटा ठूलो जोखिमसमेत सामना गर्नुपर्ने देखिन्छ । पहिलो, वित्तीय दिगोपनाको संकट- विज्ञापन बजार सीमित, सदस्यता संस्कृति कमजोर, युट्युब वा फेसबुकको एल्गोरिदममा निर्भरता । दोस्रो, कानुनी र कूटनीतिक संवेदनशीलता– विदेशी भूमिमा बसेर नेपाली राजनीतिमा बोल्दा, स्थानीय कानुन तथा दुवै देशको कूटनीतिक सम्बन्धलाई ध्यान दिनुपर्ने सन्तुलन । तेस्रो, डिसइनफर्मेसन र अफवाहको चुनौती- प्रवासी समाजमा गसिप, गाली–गलौज र व्यक्तिगत बदनाम गर्ने सामग्रीले ‘पत्रकारिता’को नाम कब्जा गर्ने जोखिम । यी सबै मोर्चामा हिमालय टाइम्सजस्ता संस्थाले देखाएको संयम, तथ्यपरकता र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता मार्गदर्शक बन्नसक्छ ।
अन्ततः, हिमालय टाइम्सको ३० वर्ष केवल संस्थाको जन्मदिन होइन, स्वतन्त्र, उत्तरदायी र जनमुखी पत्रकारिताको निरन्तर यात्राप्रति गरिएको प्रतिज्ञाको पुनःस्मरण हो । तीन दशकअघि सुरु भएको यो यात्रा अझ धेरै दशकसम्म जारी रहोस् र नेपाली पत्रकारितालाई उच्च शिखरमा पुर्याओस् । तीन दशकको तन्नेरी हिमालय टाइम्सलाई भविष्यतर्फ अघि बढ्ने मार्गमा शुभकामना ।
(लेखक खनाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका संस्थापक अध्यक्ष, नेपाल मदर डट कमका प्रधानसम्पादक, अग्रज गायक, कलाकार, लेखक, साहित्यकार र हाल अमेरिकामा आफ्नै पेसा व्यवसायमा संलग्न हुनुहुन्छ ।)







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर