भारो न बाधते राजनयथाबाधतिबाधते
आजको नेपाली शिक्षाले बेरोजगारी, परजीवी, पलायनवादी युरोप, अमेरिकामा गएर कर्मकर जीवन बिताउन विवश जनशक्ति उत्पादन गरेको सर्वत्र चर्चा रह्यो । नयाँ शिक्षा योजना (२०३०) ले नैतिक, व्यावसायिक र स्वावलम्बीपनमा कुठाराघात ग¥यो भनेर घनघोर विरोध हामीले नै ग¥यौँ । कोटबाहिर यज्ञोपवीत (जनाई) लाएर एकजना बाहुन पुजेर अरूलाई कन्धने काठो भन्ने दरबारप्रतिको आक्रोश थियो त्यो । यस शिक्षाले राष्ट्रिय विकास सेवा नामक कार्यक्रम चलाएको थियो । त्यो राम्रो थियो तर अरूको दानमा चलेको हुनाले हामीले थेग्न सकेनौँ/मासियो । अहिले नेपालमा चलेको शिक्षा हाम्रो होइन, बेलायती विद्वान् लर्ड मे-कालेको गिदीको उपज हो ।
यसले अंग्रेजी भाषा वैज्ञानिक भाषा हो र प्राचीन भारतीय आर्य भाषा (संस्कृतलगायत आधुनिक नव्यभारतीय आर्य भाषा पनि) अवैज्ञानिक र आध्यात्मिक भाषा हुन् । यिनले आधुनिक विकास गर्न सक्दैनन्, यिनमा ज्ञान भए पनि विज्ञान र तर्क तथा शिल्पशास्त्र छैन भनियो । अहिले हामीले बुझ्दा इञ्जिनियरिङअन्तर्गतका सबै विधा, उपविधा हाम्रो शिल्पशास्त्र या स्थापत्य शास्त्रको पश्चिमीकरण गरिएको रहेछ । चीन, जापान, जर्मनीले आआफ्नै भाषामा रहेका ज्ञान, विज्ञान र शिल्प तथा स्थापत्य शास्त्रलाई प्राचीन भारतीय आर्य भाषाको वैदिक स्थापत्य चिन्तनलाई मिसाएर त्यत्रो चकाचौध विकास गरेका रहेछन् भन्ने चाल पाउँदा त हामी अंग्रेजको पुत्ला पो बनिसकेछौँ ।
आत्मिक, आध्यात्मिक, अधिभौतिक विद्याको पठनपाठन आवश्यक हुन्छ । आत्मिक विद्याले नैतिकता, सदाचार, संस्कार, संस्कृति आदि सिकाएर शिक्षार्थीलाई विवेकी, दूरदर्शी र चिन्तनशील बनाउँछ र आदिशंकराचार्य, रामकृष्ण परमहंस, गौरांगमहाप्रभु, स्वरूपानन्द सरस्वती, स्वामी विवेकानन्द र डा. स्वामी रामानन्द गिरी, योगी नरहरिनाथ, खप्तड स्वामी, शिवपुरी बाबा जस्ता राष्ट्रगुरु उत्पादन गर्न सक्छ ।
वानरबाट विकसित मानव उनले भने हामीले मान्यौँ केको हुन्थ्यो, हामीलाई त हाम्रै वेदले “ॐ वेदाहमेतं पुरुषं महान्तमादित्यवर्णं तमसः परस्तात्” शृणु रे अमृतस्यपुत्रा अमर पुत्र हो ! त्यो अविनाशी महातàवलाई हामी जान्दछौँ । आदिभन्दा पनि आदि वर्ण, त्यो तमभन्दा धेरै पर छ भनेर उहिल्यै सम्झाएको रहेछ । दास चेतनाले हामी गाँजिएछौँ । साधारण मान्छे जो दाउरा बेचेर जीविका चलाउँथ्यो त्यो पनि संस्कृत क्रियापद बाधति हुने र बाधते हुने ठाउँ जान्दथ्यो र राजालाई भारीले भन्दा बाधते हुने ठाउँमा बाधति तपाईंले गरेका प्रयोगको अशुद्धिले जति बाधा गरेको छैन भनेर उत्तर दिएछ । भाषा, संस्कृति ज्ञानविज्ञान सबै एकअर्कासँग आबद्ध हुन्छन् । यो कुरो नबुझेर हामीले हाम्रा पौरस्त्य संस्कारलाई युगानुकूल गर्ने शिक्षा योजना बनाउनुको बदला अर्कै संस्कार तथा संस्कृतिको शिक्षा लागू गर्दा हाँस न बकुल्लो बनायौँ हामीले हाम्रा उत्तर पुस्तालाई ।
यै माटामा वरपीपलका बोट दोटा म लाऊँ
जे जसरी हुन्छ यही माटोलाई उर्वर बनाऊँ भन्ने ध्याउन्नमा नवमनमा जन्माउने गुरु वशिष्ठको पाठ्यक्रम जसले रामलक्ष्मणलाई उत्पादन गरेको थियो “अपि स्वर्णमयीलङ्का न मे लक्ष्मण रोचते” भनेर मातृभूमिको महिमा बताएथ्यो । विश्व अभियन्ता गुरु परशुरामको सामाजिक चेतना जगाउने पाठ्यक्रम जसले २१ पटक दूराचारी शासनको अन्त्य गरेर सुशासन कायम गरेको थियो । गुरु सान्दीपिनिको पाठ्यक्रम जसले कृष्ण र बलराम उत्पादन गरेथ्यो र दूराचारी, शोषक, सामन्त तथा विलासी राजाका चंगुलबाट समग्र भारतीय उपमहाद्वीपलाई नै उद्धार गरेर जगद्गुरुको उपाधि तत्कालीन विश्वले नै कृष्णलाई दिएको थियो । व्यक्तिपूजाका ठाउँमा जसले प्रकृति र धराको पूजाअर्चना गर्न सिकाएथ्यो ।
आचार्य विष्णुगुप्त चाणक्य जसले मौर्यवंशका आदिसम्राट चन्द्रगुप्त मौर्य उत्पादन गरेर हिमालयदेखि कन्याकुमारीसम्मको १२ सय योजनमा एकमात्र अखण्ड श्रीपेचधारी राजा बनाएर अर्थनीति, राजनीति र सार्वजनिक प्रशासनका क्षेत्रमा अद्वितीय योगदान दिएको थियो । ती आचार्यको शैक्षिक पाठ्यक्रम पाठन शैलीको आवश्यकता छ हामीलाई । अबको सरकारले प्रधानमन्त्री, शिक्षामन्त्री, राष्ट्रपति आदि जालझेल र तिगडम पण्डित होइन, विश्वविद्यालय सभाका राष्ट्रमा विख्यात भएर नाम चलेकामध्ये योग्यतमलाई कुलपति बनाउने पद्धतिको विकास गर्नुपर्छ । पाठ्यक्रमलाई प्रत्येक पाँच वर्षमा पढाउने प्राध्यापक, शिक्षकले नै पुनर्मूल्यांकन र परिमार्जन गर्ने गर्नुपर्छ । तिनले भनेबमोजिमको पठनपाठनको वातावरण सिर्जना गर्ने, वेतनको व्यवस्था गर्ने, तालिम र अभिमुखीकरण गोष्ठी सञ्चालन गर्ने, अनुसन्धान गर्ने र उपयुक्त तथ्यलाई कार्यान्वयनमा लैजाने कामचाहिँ सरकारले गर्नुपर्छ ।
विधाविज्ञ गुरु र शिक्षा बुभूक्षित शिष्यबेगरको शिक्षाले देश विकास गर्न पनि सक्दैन, जनतालाई चेतनाको न्यानो तपाउन पनि सक्दैन । अतः आफ्नै परम्परित शिक्षालाई सुधारेर आजको युगानुकूल गरिनुपर्छ । विदेशतिरका विकसित देश यसै गरी बनेका हुन् । हाम्रा सरकारमा जाने, शिक्षामा काम गर्ने सबै ज्ञान बेचुवा, चेतना चेपुवामात्र भएछन् । अब आवश्यकता छ वशिष्ठ, विश्वामित्र, परशुराम, सान्दीपिनि र विष्णुगुप्त चाणक्य जस्ता गुरुको । हामी अहिले द्रोणाचार्य, कृपाचार्यबाट शिक्षामा राजकीय दबदबा बढाएर आजको अवस्थामा आएको बेलायती संस्करणको शिक्षाले हामीलाई अर्धविदग्ध वृक्ष बनाएको देखिन्छ । शिक्षा चेतना ब्युँझाउने हुनुपर्छ, मौका खोजुवा र खन्चुवा हुनुहुँदैन । अतः यसलाई परिमार्जन गरेर ज्ञानका क्षेत्रमा ज्ञानीकै दबदबा चल्ने पद्धति विकास गर्नुपर्छ । अनिमात्र शिक्षाले राज्यलाई र समाजलाई मात्र होइन, विश्वलाई नै आलोकित पार्न सक्छ ।
त्रिविधविधाको विकास गर्नुपर्छ
आत्मिक, आध्यात्मिक, अधिभौतिक विद्याको पठनपाठन आवश्यक हुन्छ । आत्मिक विद्याले नैतिकता, सदाचार, संस्कार, संस्कृति आदि सिकाएर शिक्षार्थीलाई विवेकी, दूरदर्शी र चिन्तनशील बनाउँछ र आदिशंकराचार्य, रामकृष्ण परमहंस, गौरांगमहाप्रभु, स्वरूपानन्द सरस्वती, स्वामी विवेकानन्द र डा. स्वामी रामानन्द गिरी, योगी नरहरिनाथ, खप्तड स्वामी, शिवपुरी बाबा जस्ता राष्ट्रगुरु उत्पादन गर्न सक्छ । आध्यात्मिक शिक्षाले हजारीप्रसाद द्विवेदी, महात्मा गान्धी, लेखनाथ पौडेल, मैथिलीशरण गुप्त, महाकवि उदयानन्द अर्याल, अन्वेषक ज्ञानमणि नेपाल जस्ता महाज्ञानी स्रष्टा, अन्वेषक उत्पादन गर्न सकिन्छ भने अधिभौतिक शिक्षाबाट चाहिँ जवाहरलाल नेहरू, मदनमोहन मालवीय, विश्वेश्वरप्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, गेहेन्द्रशमशेर राणा, बालकृष्ण सम, सन्दुक रुइत, भगवान् कोइराला जस्ता विकास निर्माणका लागि संसारको ज्ञान, चेतना आफ्ना भाषा साहित्यमा ओसार्न सक्ने, वैज्ञानिक र साधक उत्पादन गर्न सकिन्छ ।
आजका हावर्ड, महर्षि, क्याम्ब्रिज जस्ता विश्वविद्यालय अधिभौतिक पाठ्यक्रम भएका विश्वविद्यालय हुन् । वाराणस्येय हिन्दू विश्वविद्यालय पनि अधिभौतिक चरित्रको विश्वविद्यालय हो, जहाँ आधुनिकतम विज्ञान र प्राचीनतम विधा उपविधाको केन्द्र बनाएर अघि बढाइएको देखिन्छ । हामीले त्रिविलाई पूर्ण लर्ड मेकालेका चिन्तनमा लग्यौँ जसका कारण यो देश नै बालवृद्धमात्र भएको देश बन्दै जान लागेको छ । नेसंविलाई गाई न गोरुको ड्याँ बनाएर तमासा देखाइरहेका छौँ । आजको हाम्रो नेपाल संस्कृत विश्वविद्यालय भनेको नेपाली संस्कृत विश्वविद्यालय भएर शेष रहेको देखिन्छ ।
यसरी खिचडीतन्त्रमा कुनै पनि विद्याका विधाको विकास गर्न सकिँदैन । नव-नव विधा विकास गर्ने विधि भनेको कलमी पद्धति नै हो । दुई या दुईभन्दा बढी प्रकृति, स्वभाव र लक्ष्य मिल्ने विधाका मिश्रणबाट तेस्रो विधा पैदा गरिन्छ । संस्कृतका १२ वटा मुख्य विधाका उपविधामात्र ३५ वटा बनेका भेटिन्छन् । पाश्चात्य परम्पराको यो विधा विकासको मिश्रण विधि त्रिविमा नै पनि देख्न सकिन्छ । अहिले वाणिज्य शास्त्रमा अगणित उपविधाको अध्ययन अध्यापन गरिन्छ । कृषिमा पनि यस्तै छ र चिकित्सा शास्त्रमा पनि यो स्थिति रहेको देखिन्छ । शिक्षा शास्त्र त यस पद्धतिको बियाड नै मानिन्छ । मानविकीमा पनि यो भएको छ तर विश्वविद्यालय खोल्ने कुरामा जुन उदारता र तत्परतामात्र होइन एक प्रकारको होडबाजी नै देखिन्छ ।
तिनलाई विधाविद् गुरु, उपयुक्त विधाको विकास विद्यालाई व्यवसायसँग जोड्ने सैद्धान्तिक र व्यावहारिक वातावरण मिलाउन भने राष्ट्र चुकेको छ र हामी गुरु भनाउँदा पनि शण्डा र मर्क जस्तै अल्पदिमागी भएर पनि प्रह्लादलाई पढाउने उपकर्मको अभिनय गरिरहेका छौँ । गुरु हुन बृहस्पति, शुक्राचार्य, वशिष्ठ, विश्वामित्र र सान्दीपिनि गुरुको आचरण चिन्तन र भृगुको जस्तो खोज अन्वेषणको जाँगर चाहिन्छ । चाणक्यको विधाज्ञान र चन्द्रगुप्त मौर्यको ग्रहण क्षमता भएमात्र शासनले न्याय दिन्छ । सडक र टेलिभिजनमा भेटिएका विज्ञापित अनुहारले चलाएको राज्य हाम्रो देश नेपाल जस्तै हुन्थ्यो/हुने थियो/भयो भने यसमा केको आश्चर्य ?
विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मः ततः सुखम् ।।
(लेखक प्रा.डा. कोइराला नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ ।)





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि