प्रजातान्त्रिक मुलुकको मेरुदण्ड सञ्चार हो । प्रजातान्त्रिक मुलुकमा सञ्चारलाई चौथो अंग मानिएको पाइन्छ । यो अंगले राज्य संयन्त्रले गरेका नराम्रा कामलाई खबरदारी र राम्रा कामलाई समर्थन गर्ने गर्दछ । यो चौथौ अंगमात्र होइन सरकारलाई बाटो देखाउने उद्देश्यमा पनि रहेको हुन्छ । सञ्चारको सदुपयोग भयो भनेमात्र सरकार र सञ्चारबीचको सम्बन्धमा नयाँ आयाम थपिने गरेको देखिन्छ । सञ्चारको दुरुपयोग भयो भने जनताको सुसूचित हुने अधिकार कमजोर बनेको हुन्छ । त्यसैले सञ्चारलाई वाच डगका रूपमा स्वीकार गरिएको हो । सरकारका सबै पक्षलाई स्वीकार गर्ने र सरकारसित आफूलाई जोडेर हेर्ने प्रवृत्ति सञ्चारमा देखियो भने कुनै पनि मुलुकले विकासका सन्दर्भलाई गतिशील बनाउन सक्दैन । यस्ता सञ्चारमाध्यम र सञ्चारगृह आफैंमा कमजोर रहेका हुन्छन् ।
नेपाल २०४६ सालदेखि प्रजातन्त्रमा प्रवेश गरेको देश हो । नेपालको सञ्चार क्षेत्र प्रजातन्त्रको आगमनसँगै गतिशील बनेको हो । सञ्चार क्षेत्रमा यो समयमा चुनौती नआएका होइनन् । चुनौतीको सामना गर्दै नेपालको सञ्चार क्षेत्र विकासका पूर्वाधार र समयको बदलिँदो परिवेशमा अघि बढेको तथ्यलाई नकार्न सकिँदैन । कतिपय सन्दर्भमा सञ्चारप्रति अंकुश पनि नलागेको होइन । तर सबै बाधालाई चिर्दै आज नेपालका सञ्चारमाध्यम पूर्णरूपमा आफूलाई सक्षम तुल्याउँदै गएको देखिन्छ । यो सञ्चारमा देखिएको विकास प्रजातन्त्रमा मात्र सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गरेको पाइन्छ । आर्थिक सामाजिक, राजनीतिक अवरोध सञ्चारका क्षेत्रमा देखापरेका हुन् । सञ्चार क्षेत्रले भोगेका यी समस्यालाई पूर्णतः अस्वीकार गर्नसक्ने अवस्था भने छैन । विविध बाधा अड्चनलाई किनारा लगाउँदै गतिशील बनेका सञ्चारमाध्यमले आजको गणतान्त्रिक शासकीय पद्दतिलाई अंगीकारसमेत गरेको देखिन्छ । जे-जसरी भए पनि नेपालको सञ्चार क्षेत्र विकास र पूर्वाधार सम्पन्न हुने अवस्थामा रहेको देख्न सकिन्छ । यो आजको सञ्चारका क्षेत्रमा देखापरेको पहिचान हो ।
संसारका हरेक क्षेत्र आज प्रविधिकै भरमा देखिएको छ । संसारले जे-जति प्रगति गरेको छ ती सबै प्रविधिबाटै सम्भव भएको तथ्यलाई नकार्न सकिँदैन । आजको यो प्रविधिका समयमा सञ्चार पनि प्रविधिले सम्पन्न हुनु आवश्यक मानिन्छ । आजको पुस्ता विश्वका हरेक कुरालाई प्रविधिका माध्यमबाट अवलोकन र हेर्न खोज्ने पुस्ता हो ।
३१औं वर्षमा हिमालय टाइम्स
हिमालय टाइम्स आज ३१औं वर्षमा प्रवेश गरेको छ । ३१औं वसन्तमा आइपुग्दा विभिन्न बाधा–व्यवधान यो सञ्चारगृहले नसहेको पनि होइन । सञ्चारमा आउने परिवर्तन र सञ्चारले निर्वाह गर्ने भूमिकामा परिवर्तनका खाका नकोरिएका पनि होइनन् । समाजको सामाजिक परिवेशमा आएको परिवर्तनलाई यसले आत्मसात नगरेको पनि होइन । प्रविधिमा आएको परिवर्तनलाई हिटाले आफूभित्र समावेश नगरेको पनि होइन । आज आएर विभिन्न कठिन परिस्थितिमा आफूलाई निरन्तर रूपमा उभ्याउन सक्नु यो पत्रिकाको मूल पहिचान हो । आर्थिक रूपमा देखापरेका कठिन समय होस् वा छापामा आएका समस्या हुन् यसले झेलेर अघि बढेको देखिन्छ । राज्य संयन्त्रमा आएका परिवर्तन र सरकारले गरेका सबै निर्णयमा यसको सहमति हुँदैन । यो पत्रिकाले जे देख्यो त्यसलाई गतिलो तरिकाले पस्किने गरेको पाइन्छ । देशका हरेक क्षेत्रमा यो पत्रिका पसेको छ । देशका हरेक गाउँमा यो छिरेको छ । देशका हरेक वर्गका समस्यालाई यसले उठाएको छ । देशमा विद्यमान समस्यालाई पाठकसामु पस्केको छ ।
नेपाल जाति, धर्म, संस्कार, संस्कृति, भूगोलमा विविधतायुक्त देश हो । यो देशका आफ्ना पहिचान छन् । यो देश गाउँका दूरदरामा रहने नेपालीको पहिचान हो । हिमालय टाइम्स ती दूरदराजमा छिरेको छ । गाउँका ती समस्यामा जनतासित एकाकार भएको छ । मानव र नेपालका हरेक सन्दर्भलाई समेटेर आफूलाई सदा नित्य नवीन र ताजा परिवेशमा उतारेको छ । तीन दशकसम्म विभिन्न परिस्थितिको सामना गरेर भए पनि आफूलाई तरोताजा बनाएर पाठकसामु पस्किनु यो पत्रिकाको आफ्नो पहिचान हो । हिटाले देखाएको गतिलो बाटो आजका सञ्चारमा देखापर्ने पहिचान हो । सञ्चार क्षेत्रमा देखापरेका विविधता र राज्य संयन्त्रकाट हुने विभेदको अवस्थालाई यसले बाहिर ल्याएको छ । गलत समाचार सम्प्रेषण गरेर आफूलाई कहिलै यो सञ्चारले उभ्याएन । जनतालाई वा पाठकलाई सही सत्य र तथ्य समाचार सम्प्रेषण गर्नु यसको पहिचान बनेको छ । यो परिस्थितिमा देखापरेको हिमालय टाइम्सको एकतीसौं वर्षको लामो यात्रा सधैं सुखद् मात्र रहेन । विविध प्रकारका कठिन परिस्थितिमा आफूलाई सत्य सावित गराउनु यसको पहिचान हो । आज हिमालय टाइम्स छापाका माध्यमबाट जनसामु नपुगे पनि प्रविधिका माध्यमले धेरै घि बढेको तथ्यलाई नकार्न सकिँदैन । प्रविधिमा अझ सम्पन्न बनेर अघि बढ्नेछ भन्नेमा विश्वस्त रहनु आजको आवश्यकता हो । यसमा हिटा सफल हुने नै छ ।
अबको दशक कस्तो हुनुपर्ला ?
आज प्रविधिका युगमा छौं । आजको मानिस पनि प्रविधिले सम्पन्न छ । प्रविधिमा देखापरेका सबै सन्दर्भलाई आजको मानिसले प्रयोगमा ल्याइसकेको छ । प्रयोगकै दृष्टिले हेर्ने हो भने पनि आज नेपालीमात्र नभई संसार नै प्रविधिको भरमा अडेको देखिन्छ । प्रविधिले मानिसलाई संसारसित एकाकार बनाएको छ । संसारका हरेक क्षेत्र आज प्रविधिकै भरमा देखिएको छ । संसारले जे-जति प्रगति गरेको छ ती सबै प्रविधिबाटै सम्भव भएको तथ्यलाई नकार्न सकिँदैन । आजको यो प्रविधिका समयमा सञ्चार पनि प्रविधिले सम्पन्न हुनु आवश्यक मानिन्छ । आजको पुस्ता विश्वका हरेक कुरालाई प्रविधिका माध्यमबाट अवलोकन र हेर्न खोज्ने पुस्ता हो । कुनै पनि देशका हरेक सन्दर्भमा प्रविधिको भूमिका महत्वपूर्ण छ भन्ने सन्दर्भलाई कसैले अस्वीकार गर्न सक्दैन । त्यसैले अबको दश वर्ष प्रविधिको द्रुततर विकास र मानवीय भावनाको रक्षाको समय हुनु आवश्यक छ ।
हामी हाम्रा आगामी पुस्तालाई के दिने भन्ने सन्दर्भको खोज आजको विषय हो । आगमी पुस्ता सबल छ । आगामी पुस्ता सम्पन्न छ । आगामी पुस्ताले विश्वलाई आफ्नो प्रविधिको संयन्त्रभित्र राखेर हेर्न चाहेको छ । प्रविधिको उच्च विकास पनि हाम्रो जस्तो विकासशील राष्ट्रका लागि कतिपय अवस्थामा घातक हुनेगरेको देखिन्छ । विकासका हरेक चरण प्रविधिबाट मात्र सम्भव हुन्छन् भन्ने होइन । कतिपय सन्दर्भ मानवीय भावनामा आधारित रहेका हुन्छन् । आजको समयमा प्रविधिले जति विकास गरेको छ मानवता कमजोर बन्दै गएको छ । मानवीय भावनामा तुषारापात हुनेगरेको देखिन्छ । मानिस शत्रुतामा विश्वास गर्न थालेको छ । विश्व आणविक शक्ति सम्पन्न बनेर गतिशील बनिरहेको छ । सबै विकसित देशहरू युद्धका माध्यमबाट समाधान खोज्न व्यस्त देखापरेका छन् । यस्तो अवस्थालाई सही दिशा निर्देश गर्ने आधार सञ्चार क्षेत्र हो । सञ्चारले मानवीय भावना र मानवता रक्षाको वकालत गर्नु आवश्यक छ । विज्ञान र प्रविधिको सम्पन्नताले कहिलै पनि मानवताको रक्षा हुँदैन भन्ने सन्दर्भलाई देखाउन आवश्यक छ । शक्ति राष्ट्र«हरूमा चलेको प्रत्यक्ष युद्ध र शीतयुद्धले आजको विश्वलाई त्रसित बनाएको छ । यही त्रासमा बाँच्नु मानिसको अधिकार हो र !
एकतीसौं वर्षमा प्रवेश गरेको हिमालय टाइम्स मानवताको रक्षा गर्न सफल बनोस् । संसारमा बढ्दै गएको अमानवीय व्यवहारलाई मानवताको बाटोमा हिँडाउने उद्देश्यको पहिचान बनोस् । नेपालको दूरदराजमा रहेका नेपालीलाई जीवनमार्गमा हिँडाउनसक्ने आधार बनोस् । देशको विकासमा सधैं सक्रिय रहने युवापुस्तालाई देशमा सम्भावना छन् विदेशी गल्लीमा मात्र होइन भन्ने सन्देश दिने आधार बनोस् । विविधताले भरिएको संस्कृति नेपाललाई जीवनमार्गको खोजमा लाग्न प्रेरित गर्ने आधार बनोस् । देशका हरेक क्षेत्रमा देखापरेको बेथितिलाई अन्त्य गर्ने आधार बनोस् । आर्थिक लोभमा पसेर जनतालाई सही दिशा निर्देश नगर्ने सञ्चार नबनोस् । नेपाली संस्कृति परम्पराको संवाहक बनोस् । नेपालको सार्वभौमसत्तामा बक्र दृष्टि राख्ने कुनै मुलुक वा व्यक्तिप्रति यो पत्रिका तरवार बनोस् । नेपाललाई राजनीतिमा क्रिडास्थल बनाउने प्रवृत्तिको उछित्तो काड्ने आधार बनोस् । संस्कारका नाममा थोपरिने हरेक नराम्रा क्रियाकलापको विरोध गरोस् ।
सञ्चारको विकास राजनीतिक स्थिरताले हुने गर्दछ । नेपालको राजनीति गणतन्त्रको आगमनसँगै अस्थिर बनेर रहेको छ । संविधानसभाबाट आएको संविधानबाट पनि देशको विकासलाई गति दिने आधार आउन सकेको देखिएन । अस्थिर राजनीति र विदेशीहरूको क्रिडाभूमि देश बन्दै गएको देखियो । यस्तो अवस्थामा नेपालीको पहिचान सुरक्षित रहनु आवश्यक देखियो । राजनीतिक स्थिरतामा हिमालय टाइम्स प्रतिबद्ध रहोस् । समाजिक सन्दर्भमा आएको परिवर्तन र त्यसले समाजमा निर्वाह गर्ने भूमिकाका सन्दर्भमा यो सञ्चार गृहले आफूलाई तरोताजा राख्नेछ भन्नेमा विश्वास गर्न सकियोस् । विविधतामा रहेको यो देशको अखण्डतामा ग्रहण नलागोस् भन्ने हेक्का कुनै सञ्चारको हुनु अनिवार्य मानिन्छ ।
आउँदो दशकमा यो पत्रिकाले आफूलाई गतिशील तुल्याउने पक्षमा अवश्य नै जानेछ । नेपालको अखण्डतालाई अक्षुण्ण राख्दै नेपालका हरेक सञ्चार गृहसित प्रतिस्पर्धामा नउत्री देशको उच्च सञ्चार बनोस् भन्ने शुभकामना दिन चाहन्छु । सञ्चारमा देखापरेको आमूल परिवर्तन समाज र देश विकासको आधार हो । देश विकास र समाजको उन्नयनका साथै आफूलाई नित्य नवीन, तरोताजा राख्न सकोस् हिमालय टाइम्सले । सरकारले गर्ने गलत निर्णयको विरोध र सही निर्णयको समर्थनमा सक्रिय रहेर अबको दशक हिमालय टाइम्सको दशक होस् भन्ने शुभकामना । (प्रा.डा.घिमिरे साहित्यकार तथा हिमालय टाइम्सका स्तम्भ लेखक हुनुहुन्छ ।)







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न