काठमाडाैं । जाडोयाम सुरु भएसँगै चिसो, रुघाखोकी, फ्लू तथा श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम बढ्ने गर्छ । विशेषगरी कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू यस्ता संक्रमणबाट छिटो प्रभावित हुने चिकित्सकहरू बताउँछन् । मौसम परिवर्तनका क्रममा तापक्रम अचानक घटबढ हुँदा शरीरलाई अनुकूल हुन समय लाग्ने भएकाले संक्रमणको सम्भावना अझ बढ्छ ।
यस्ता मौसमी रोगबाट जोगिन सबैभन्दा प्रभावकारी उपाय भनेको शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु हो । बदलिँदो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन डाबर च्यवनप्रास उपयोगी हुन सक्ने कम्पनीको दाबी छ ।
४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीको शक्ति
डाबरका अनुसार च्यवनप्रास चिकित्सकीय रूपमा परीक्षण गरिएका ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको संयोजनबाट तयार गरिएको हो । यसको नियमित सेवनले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदै ब्याक्टेरिया, भाइरस, धुलोधुवाँ तथा मौसमी परिवर्तनका कारण हुने रुघाखोकी र चिसोजस्ता संक्रमणबाट जोगाउन मद्दत गर्छ ।
डाबर च्यवनप्रासमा समावेश ‘रसायन’ वर्गका जडीबुटीहरूले ‘इम्युनोमोड्युलेटरी इफेक्ट’ मार्फत शरीरलाई विभिन्न संक्रमणसँग लड्न सक्षम बनाउने कम्पनीको भनाइ छ ।
चिकित्सकीय अध्ययनबाट पुष्टि
कम्पनीले च्यवनप्रासको प्रभावकारितामाथि विभिन्न चिकित्सकीय अध्ययनहरू गरेको दाबी गरेको छ । ती अध्ययनहरूले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, मौसमी संक्रमण तथा नाकको एलर्जीजस्ता समस्यामा च्यवनप्रास लाभदायी रहेको देखाइसकेको बताइएको छ ।
डाबरले जारी गरेको विज्ञप्तीमा च्यवनप्रासका मुख्य तत्वका रूपमा अमलालाई उल्लेख गरिएको छ । भिटामिन ‘सी’ले भरिपूर्ण अमलासँगै गुडुची, पिप्पली, शतावरी, विदारिकण्ड, हरिताकी, कान्तकारी, काकडसिङ्घी, भूम्यामालकी, वासाका, पुष्करमूल, पृष्णिपर्णी र शालापर्णी जस्ता जडीबुटीहरू पनि यसमा समावेश छन् । यी तत्वहरूले श्वासप्रश्वास प्रणालीका सामान्य संक्रमण र एलर्जी कम गर्न सहयोग गर्ने बताइएको छ ।
कम्पनीका अनुसार च्यवनप्रासले फोक्सोको कार्यक्षमता बढाउन पनि मद्दत गर्न सक्छ ।
प्राकृतिक प्रतिरक्षा बुस्टर
डाबर च्यवनप्रासलाई प्राकृतिक ‘इम्युनिटी बुस्टर’का रूपमा चिनाइन्छ । यसको सेवनले शरीरको प्राकृतिक रक्षा प्रणालीलाई सक्रिय बनाउनुका साथै श्वासप्रश्वास मार्ग सफा राख्न सहयोग गर्छ । यसले हेमोग्लोबिन र सेतो रक्तकोष उत्पादनमा समेत सकारात्मक भूमिका खेल्ने बताइन्छ, जुन संक्रमणसँग लड्न अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
एक चम्चा, अनेक फाइदा
अमलामा आधारित डाबर च्यवनप्रासमा पिप्पली, अश्वगन्धा, शतावरी, मुलेठी र गिलोयजस्ता जडीबुटीहरू समावेश छन् । आयुर्वेदमा च्यवनप्रासलाई पौष्टिक जामका रूपमा वर्णन गरिएको छ, जसले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
आयुर्वेदिक कथनअनुसार प्राचीन ऋषिहरूले वृद्ध ऋषि च्यवनलाई पुनः ऊर्जाशील बनाउन तयार पारेको विशेष आहार भएकाले यसको नाम ‘च्यवनप्रास’ रहन गएको मानिन्छ ।
पाचनदेखि छालासम्म लाभ
च्यवनप्रासमा घिउ, तिलको तेल र महलाई जडीबुटीलाई कोशिकासम्म पुर्याउने उत्प्रेरकका रूपमा प्रयोग गरिएको छ । यसमा रहेका भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टले शरीरलाई आवश्यक पोषण दिन्छन् ।
डाबर च्यवनप्रासले पाचन प्रणालीलाई सुधार गर्न, ग्यास र अपचजस्ता समस्या कम गर्न तथा मेटाबोलिज्म सक्रिय बनाउन सहयोग गर्ने बताइएको छ । यसका साथै ब्लड सुगर र कोलेस्ट्रोलको स्तर सन्तुलनमा राख्न पनि मद्दत पुग्ने कम्पनीको दाबी छ ।
छालाको स्वास्थ्यमा समेत च्यवनप्रास उपयोगी मानिन्छ । शरीरभित्रका विषाक्त तत्व हटाउन सहयोग गर्ने भएकाले छालामा प्राकृतिक चमक आउने र अमला, घिउ तथा महले छालालाई स्वस्थ राख्ने विश्वास गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच