काठमाडौं । इभी ब्राण्ड ‘दिपल’को आधिकारिक वितरक एमएडब्ल्यु वृद्धिले नयाँ वर्ष २०२६ का अवसरमा विशेष टेष्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम ‘दिपल फेस्टिभ ड्राइभ’ सुरु गरेको छ । कम्पनीका अनुसार कार्यक्रममा सहभागी ग्राहकले अत्याधुनिक इलेक्ट्रिक भेइकल प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनिफिटहरू पाउन सक्नेछन् ।
पुस १० गतेबाट सुरु भएको यो अभियान पुस १७ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा ग्राहकहरूले नक्सालस्थित चांगान शोरुममा दिपलका प्रिमियम मोडेलको टेष्ट ड्राइभ लिन सक्नेछन् । साथै, आफ्ना पुराना सवारी साधन एक्सचेन्ज गरेर नयाँ दिपलमा साट्न पनि पाउनेछन् ।
‘हामीले ग्राहकहरूलाई नयाँ वर्षका अवसरमा दिपल इभी अनुभव गर्ने मौका दिन र उत्सवका अवसरमा विशेष सुविधा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौं,’ एमएडब्ल्यु वृद्धिका प्रतिनिधिले भने ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि